वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालालाई प्रदेश गौरवको आयोजना घोषणा

उज्याले रैबार   ।   २०७८ असार २१, सोमबार १०:५८

वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाई प्रदेश गौरवको आयोजनाको रूपमा घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा चालु आर्थिक वर्षदेखि प्रदेशस्तरीय रंगशाला निर्माण थालेको थियो । यही असार १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणलाई महŒव दिँदै प्रदेश गौरवको आयोजनाको रूपमा लिने निर्णय गरेको हो ।


कर्णालीको खेल क्षेत्रको विकासका लागि रंगशालालाई प्रदेश गौरवको आयोजनाको रूपमा लिइएको सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले बताए । कर्णालीमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने लक्ष्य सरकारले लिएको छ । उक्त प्रतियोगितालाई लक्षित गरेर रंगशाला निर्माणको कामलाई तीव्रता दिएको मन्त्री बुढा क्षेत्री बताउँछन् । ‘सबै खेल क्षेत्रका प्रतिभालाई उजार गर्न प्रदेश सरकारले खेल क्षेत्रमा लगानी गरेको छ । यसैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदेश गौरव आयोजनाको रूपमा अघि बढाएका हौं,’ उनले भने ।

प्रदेश रंगशाला निर्माणका लागि कर्णाली सरकारले चालु आर्थिक वर्षमा एक करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा रंगशालाको निर्माण तथा विकासका लागि २५ करोड रूपैयाँ विनियोजन गरिएको छ । मन्त्री बुढा क्षेत्रीले निर्माणको कामलाई तीव्रता दिएर राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुअघि नै भौतिक संरचना बनाइसक्ने जनाए ।यस्तै, मन्त्रिपरिषद्को बैठकले दुर्गम क्षेत्रका कोरोना संक्रमित बिरामीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७८ स्वीकृत र मुख्यमन्त्री दलित आय–आर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधिको पहिलो संशोेधन गरेको छ ।

साझा बिसौनी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद विघटनकाे मुद्दा : सबै ३० रिटमाथिको बहस आज सकिँदै

२०७८ असार २१, सोमबार १०:५८
काठमाडौं । प्रतिनिधिसभा विघटनकाे पक्ष र विपक्षमा परेका कुल ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् । उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमध्ये अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज […]