सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणको समिक्षा कार्यक्रम सम्पन्न

उज्याले रैबार   ।   २०७८ श्रावण ११, सोमबार १५:४५

सुर्खेत १० साउन । परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमा जोड्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले आफनो योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । परियोजना इकाइले सुर्खेतका अलवा कर्णाली प्रदेश भरिका परियोजना कार्यान्वयन इकाइहरुलाई समन्वयन गर्दै आएको छ ।


परियोजनाले शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कार्याक्रमको आयोजना गरि आफना योजना तथा कार्यक्रमहरुको प्रगती समिक्षा गरेको छ । कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कार्यक्रमको उदघाटन गरेका थिए । प्रदेशका कृषि सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्रको अध्यक्षतामा शूरु भएको कार्यक्रमको संचालन सुर्खेतका प्रमुख कृषि अधिकृत भिम पाण्डेले गरेका थिए भने सवै जिल्ला वाट वार्षिक समिक्षा गोष्ठिमा सहभागी परियोजनाका जिल्ला प्रमुखहरुले आफनो जिल्लामा संचालन गरिएका योजना तथा कार्यक्रमको अवस्था सहितको प्रगति समिक्षा प्रस्तुतीकरण गरेका थिए । आफना कार्यक्रम मार्फत सुर्खेतमा वार्षिक करोडौं लगानीमा कृषि आधुनिकीकरण गर्न लागिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुर्खेतमा विभिन्न ९ वटा कार्यक्रमलाई मुख्य उपलब्धीको रुपमा राखिएको छ । चक्लाबन्दी कार्यक्रम, प्राविधिक शिक्षालयको साझेदारमा विभिन्न अनुदानका कार्यक्रम लगायतका कार्यक्रमलाई मुख्य उपलब्धीको रुपमा राखिएको छ ।
सात वटा चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिएको छ परियोजना कार्यान्वयन इकाई सुर्खेतका निमित्त प्रमुख भिम पाण्डेले जानकारी दिए । चक्लाबन्धीमा पकेट, ब्लक, जोन सञ्चालनको लागि सहकारी र नीजि क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्वयन गर्न आर्थिक सहयोग गरिएको प्रमुख पाण्डेले वताए । प्रमुख पाण्डेका अनुसार कृषि सहकारी मार्फत ३ वटा, निजी फर्म मार्फत –३ वटा र कृषक समुह मार्फत १ गरि कूल ७ वटा चक्लाबन्दी कार्यक्रम सम्झौता भएको छ ।
चक्लाबन्धी कार्यक्रम अन्र्तगत अदुवा÷बेसार–५ वटा र तरकारी बालीमा–१ वटा क्रप पुलिङ्ग कार्यक्रम सम्पन्न भई अदुवा÷बेसार तर्फ कूल ४१ हेक्टरमा र तरकारी तर्फ ५१ दशमलव ६ हेक्टरमा थप क्षेत्र विस्तार भई उत्पादनमा बृद्धि हुने अनुमान गरिएको उनले जानकारी दिए ।


मुख्य उपलब्धी अन्र्तगत, प्राविधिक शिक्षालयको साझेदारमा चौकुने गाउँपालिका–६ स्थित श्री जीवन ज्योती माध्यामिक विद्यालयमा च्याउ उत्पादन र बेमौषमी तरकारी बालीको लागि स्याथी प्लाष्टिक घर निर्माण गरिएको परियोजना कार्यान्वयन ईकाई सुर्खेतले जनाएको छ ।
गुर्भाकोट ननगरपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले माछा पालन, कागतीको बेर्ना उत्पादन र जी–९ जातको केराको नर्सरी लगायत फलफुलका नर्सरी स्थापना गरी विद्यार्थीहरुको रोजगारीको अवसर भई आयआर्जनमा समेत टेवा पुगेको छ । उनका अनुसार ६० वटा कृषक÷सहकारी÷निजि फर्महरुले आ–आफ्नो संस्थाको लगानीको क्षमता तथा आबश्यकता अनुसारका विभिन्न मोडेलमा मिनि पावरटिलर खरिद गरिएको वितरण गरिएको छ । जसबाट कृषकहरुको श्रम र समयको सदुपयोग गरी कृषि उत्पादनमा वृद्धि भई लागत घट्ने उद्देश्यले वितरण गरिएको हो ।
परियोजना ईकाई सुर्खेतले २५ वटा स्थायी प्लाष्टिक टनेल निर्माण गरी कृषकहरुले बेर्ना रोपन कार्य संचालनमा ल्याएको र कृषकहरुको उत्पादन थप हौसला प्रदान भई कार्यालयको मुख्य उपलब्धी भएको परियोजना कार्यान्वयन इकाइका विज्ञ वेदप्रसाद चौलागाइले वताए । ईकाईका मुख्य उपलब्धी अन्र्तगत सहकारी संजाल मार्फत कृषि उपजको बजारीकरण सहयोग, अदुवा÷बेसार सुकाउने ईलेक्ट्रोनिक ड्रायर, अदुवा क्लिनिङ्ग फ्लोर निर्माण गरिएको विज्ञ चौलागाइले जानकारी दिए । पञ्चपुरी नगरपालिकामा ६ मेट्रिक टनको १ वटा तरकारी बालीको कुलबुट संचालन गरिएको छ । यसबाट तत्काल विक्रि गर्नुपर्ने स्थानीय स्तरमा उत्पादित तरकारीलाई संकलन गरी छोटो समयका लागि भण्डारण गर्नका लागि कुलबुट संचालन गरिएको बताइएको छ । यसरी अन्य स्थानको आयातलाई कम गर्नुको साथै कृषकको आयस्तरमा रोजगारीको सृजना हुने विश्वास लिइएको चौलागाइको भनाई छ ।
मौसमी तथा बेमौसमी तरकारी तथा फलफुलका बेर्ना उत्पादन गरी कृषकको माग अनुसार समयमै उपलब्ध गराउन ३ वटा नर्सरी स्रोत केन्द्र स्थापना गरिएको प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार पञ्चपुरी नगरपालिका–८ दुलालथाई, भेरीगंगा नगरपालिका–१० मदानीचौर र वडा नम्बर ८ लोदेमा नर्सरी स्रोत केन्द्र स्थापना गरिएको हो । यस्तै, भेरी गंगा नगरपालिका–८ कालीदमारमा अदुवा बेसार विउ भण्डारण तथा प्रशोधन केन्द्र समेत स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतबाट ६ जना फरार अभियुक्त पक्राउ

२०७८ श्रावण ११, सोमबार १५:४५
सुर्खेत : जिल्ला अदालत, सुर्खेतले दोषी ठहर गरिएका ६ जना फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला अदालतले ठगी मुद्दामा ६ महिना कैद र ६ हजार जरिवाना तोकेका वीरेन्द्रनगर–५ का ५५ वर्षीय पूर्णबहादुर सार्की र दाङ घर भई हाल वीरेन्द्रनगर–११ बस्ने ५३ वर्षीय दामे दमाइ रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता […]

सम्बन्धित समाचार