असाधारण जनमतबाट फेरी प्रधानमन्त्री बन्ने ओलीको दाबी

उज्यालाे रैबार   ।   २०७८ श्रावण २६, मंगलवार १५:३६

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पुनः असाधारण जनमतबाट प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफू पुन म मूल ढोकाबाट र असाधारण जनमतबाटै आउने प्रधानमन्त्री हुने बताएका हुन् ।

‘हेरिराखे हुन्छ म मूलबाटो, मूल ढोकाबाटै फेरि पनि आउँछु’ओलीको भनाइ छ । उनले आफू काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको भन्दै फेरि पनि त्यसै गरी प्रधानमन्त्री हुने बताएका हुन् । उनले देश र जनताको सेवाका निम्ति जन्मिएको भन्दै आफू प्रधानमन्त्री हुन नजन्मिएको तर काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए । ​ओलीले सरकार परिवर्तन भएपछि दसैँ आए जसरी उफ्रिएको टिप्पणी पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीमाथि कुटपिट

२०७८ श्रावण २६, मंगलवार १५:३६
 विश्वविद्यालयमा आन्दोलतरत विद्यार्थीहरु प्रहरीबामध्यपश्चिम विश्वविद्यालयमाट कुटिएका छन्। प्रहरीले आठ जना विद्यार्थीलाई पक्राउ गरेको छ। प्रहरीको कुटाइबाट घाइते भएका चार जना विद्यार्थीलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ। विभिन्न माग राख्दै रिले अनसन बसिरहेका विद्यार्थीहरुले मंगलबारदेखि विश्वविद्यालयका गाडीहरु चल्न नदिने घोषणा गरेका थिए। केन्द्रीय भवनबाट उपकुलपति प्रा.डा. सिंह विश्वविद्यालयको गाडी चढेर […]