कांग्रेस अधिवेशन : कर्णालीका अधिकांश ठाँउमा युवाको वर्चस्व

उज्यालो रैबार   ।   २०७८ आश्विन ११, सोमबार ०९:१४

सुर्खेत । कर्णालीका अधिकांश जिल्लाका वडा तथा गाउँ÷नगरमा युवापुस्ता नेतृत्वमा आएका छन् । अघिल्ला अधिवेशनहरूको तुलनामा कांग्रेसमा यसपटक युवाहरूको आकर्षण बढेको हो ।

स्थानीय तहका विभिन्न कार्यसमितिमा तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरू चुनिएका हुन् । सहमतिमा होस् वा निर्वाचनमा भिडेर गाउँ÷नगरका समितिमा युवापुस्ताको वर्चस्व देखिन्छ । पुराना पुस्तालाई ‘कन्भिन्स’ गर्दै नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप गरिरहेका हुन् ।

कांग्रेसको शीर्ष नेतृत्वमा अहिले पनि ७५ वर्ष नाघेका नेताहरू छन् । त्यही उमेर समूहका नेताहरूले नै पार्टीको मूल नेतृत्व दाबी गरिरहेका बेला तल्लो तहका कार्यसमितिमा भने युवाहरूको लस्कर लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभागीय टोलीको सुखद सुरुआत

२०७८ आश्विन ११, सोमबार ०९:१४
छैटौं संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आइतबार भएका खेलमा विभागीय टोलीले जित निकाल्दा बागलुङको गलकोट स्पोर्ट्स क्लबले बागमती प्रदेशलार्ई सोझो सेटमा हराएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कर्भडहलमा आइतबार त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ० र नेपाल पुलिस क्लबले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन्। […]