चिसो वाट बच्न अनाथ बालवालिकालाई न्यानो कपडा र आयूवैद औषधी वितरण

ujyaaloraibar   ।   २०७८ कार्तिक १७, बुधबार १७:००

सुर्खेत ः “आयूवेद विकासको आधार, जनशक्ति विकाश र पुर्वधार” भन्ने मुलनाराका साथ धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवशको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले अनाथ बालवालिकालाई न्यानो कपडाको साथै अत्यावश्यक आयूवैद औषधि वितरण गरेको छ ।


चिसो बढेसँगै सुर्खेतको साझा घरमा रहेका ९६ जना अनाथ बालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा र आयूवैद औषधी वितरण गरिएको स्वास्थ्य सेवा निर्देशनालय प्रमुख डा.रविन खड्काले बताए । खड्काले उक्त संस्थाका अध्यक्ष भिम बहादुर विश्वकर्मालाई सामाग्री हस्तानतरण गरेका हुन । साथै उत्त कार्यक्रममा सामाजिक विकाश मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी, जनस्वास्थ्य सेवा कार्यालय प्रमुख चेतननिधि वाग्ले, प्रदेश आयूवैद औषधालयका प्रमुख डा. शंकर प्रसाद रिजाल र WHO प्रतिनिधि प्रदिप अधिकारी लगायतको सहभागिता रहेको स्वास्थ्य सेवा निर्देशनालयका आयूवैद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख पुष्पा आचार्यले वताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

को हुन् कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही?

२०७८ कार्तिक १७, बुधबार १७:००
सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पथ तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार साँझ उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। अमेरिकाको एअरक्राफ्ट एभिएसन कम्पनीबाट पाइलट कोर्स सम्पन्न गरेर दुई वर्षसम्म जहाज चलाएका जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका छन्। पाइलटको जागिर छोडेर पूर्णकालिन राजनीतिमा होमिएका […]