कर्णालीकाे मन्त्रिमण्डल विस्तार मंसिरको पहिलो साताभित्र हुने

उज्यालो रैबार   ।   २०७८ कार्तिक २९, सोमबार १६:१७

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेको झन्डै दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो । सत्ता गठबन्धनका नेताहरू बाहिर रहेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । पूर्वमुख्यमन्त्री शाही बिरामी भई काठमाडौ गएका छन् भने नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वाला पनि काठमाडौमै छन् । कात्तिक २० गतेदेखि घाँटीको समस्या भएका शाहीको काठमाडौंस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।


एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाहीले सहमतिअनुसार नयाँ मुख्यमन्त्री नियुक्त भए पनि तिहार र छठको बिदा लगातार परेका कारण पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताए । ‘सबै दलका नेताहरू बसेर छलफल गर्ने वातावरण नै बनेको छैन,’ उनले भने, ‘एकीकृत समाजवादीको केन्द्रीय कमिटीको वैठकपछि मात्र हाम्रो तर्फबाट मन्त्री हुने सांसदको टुंगो लाग्छ ।’ उनले १र२ दिनभित्रै कम्तीमा एक जना भए पनि मन्त्री थपिने जानकारी दिए ।

‘तत्काल १ जना मन्त्री पठाएर मुख्यमन्त्रीलाई क्याबिनेटको काम गर्न सहज बनाउँछौं,’ उनले भने, ‘अन्य मन्त्रीहरू भने मंसिरको पहिलो साताभित्र नियुक्त हुने उनको भनाइ छ । उनका अनुसार बाँकी ७ मन्त्रालयमध्ये समाजवादीले ३, माओवादी र कांग्रेसले २र२ मन्त्रालय पाउने सम्भावना छ । चाडपर्वको मुखैमा आफू मुख्यन्त्रीमा नियुक्ति भएको र सत्ता साझेदार दलका नेताहरू कर्णालीमा नहुँदा पनि मन्त्रिपरिषद् विस्तारमा समस्या भएको मुख्यमन्त्री शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत विमानस्थल विस्तार नहुने निश्चित

२०७८ कार्तिक २९, सोमबार १६:१७
सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारको काम अनिश्चित बनेको छ । विमानस्थल विस्तार गर्न प्रदेश र संघीय सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भए पनि काम भने अनिश्चित बनेको हो । समझदारी पत्रमा हस्ताक्षर भएको ५ महिनापछि गत वर्ष फागुन २८ गते विमानस्थलको उत्तर र पश्चिमतर्फ मात्रै विमानस्थल विस्तार गर्ने निर्णय भएको थियो । विस्तारका […]