काँग्रेस नगर अधिवेशन : ८ पालिकामा खड्का र एक पालिकामा थानी पक्ष विजयी

उज्यालो रैबार   ।   २०७८ मंसिर ३, शुक्रबार १२:३१

सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेतका नौ वटै पालिकाको नतिजा आएको छ । नतिजा आएका ८ वटा पालिकामा संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा अर्थात् महामन्त्री पूर्णबहादुर खड्काको प्यानल नै नेतृत्वमा विजयी भएको हो । तर रामचन्द्र पौडेल अर्थात् हृदयराम थानीको प्यानले एक पालिकाको नतिजा मात्र हात पारेको छ ।


सुर्खेतका नौं वटा स्थानीय तहमध्य सिम्ता, बराहताल चौकुने र चिंगाड गाउँपालिका तथा वीरेन्द्रनगर, गुर्भाकोट, भेरीगंगा र लेकवेशी नगरपालिकामा खड्का पक्षको प्यानल नै विजयी भएको हो । सार्वजनिक मत परिणाम अनुसार गुर्भाकोटमा हस्त पुन विजयी भएका छन् । यो पालिकामा थानी पक्षकाले उम्मेदवारी नै दिएनन् । उपसभापतिमा लालबहादुर पुन, मधु गुरुङ, सचिवमा बासुदेव शर्मा, प्रेमप्रकाश वली र सहसचिवमा रुपक पौडेल, पुष्पा नेपाली विजयी भएका छन् । उनीहरु पौडेल समुहका हुन् । यस्तै, लेकवेशी नगरपालिकाको सभापतिमा उमेश पौडेल विजयी भएका छन् । सर्वसम्मत भएको नेतृत्वमा सबै कार्यसमिति नै खड्का पक्षको हो ।

चिंगाड गाउँपालिकाको सभापतिमा डोरप्रसाद शर्मा विजयी भएका छन् । उनले पौडेल समूहका करसिंह रानालाई हराउँदै सभापतिमा विजयी भएका हुन् । शर्माले ६४ मत ल्याउँदा थानी समूहका रानाले ३५ मत प्राप्त गरे ।

भेरीगंगा नगरपालिकाको नगर सभापतिमा रामबहादुर सिंह विजयी भएका छन् । उनले १९४ मत ल्याएका छन् । थानी समुहका किरणकुमार भाट क्षतीले २२ मत ल्याए । भेरीगंगाको कार्यसमितिमा भने देउबा समूहको प्यानल नै विजयी भएको हो । उपसभापतिमा रेशमबहादुर पुन मगर, प्रतिक्षा विक, सचिवमा लालसिंह बुढाक्षत्री र हिरालाल खत्री, सहसचिवमा टिकाराम वली र धर्मराज खड्का विजयी भएका छन् । यता, बराहताल गाउँपालिकाको सभापतिमा भिमबहादुर भण्डारी विजयी भएका छन् । उनले पौडेल समुहका भुवनसिंह सिंजापतिलाई हराएका हुन् । भण्डारीले १० मत ल्याउँदा सिंजापतिले ५० मत मात्रै ल्याए ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको सभापतिमा थानी पक्षले उम्मेदवारी नदिँदा खड्का पक्षबाट दुई जना सभापतिमा लडेका थिए । सभापतिमा भने वीरेन्द्र रावत विजयी भएका छन् । उनले ११९ मत ल्याएका छन् । पराजित उम्मेदवार अशोक केसीले २४ मत मात्रै ल्याए ।

वीरेन्द्रनगरमा भएको मतदानमा खड्का पक्षबाट उपेन्द्र खड्का बिजयी भएका छन् । उनले १९९ मत ल्याएका छन् । पराजित उम्मेदवार नारायण कोइरालाले १४७ मत ल्याएका छन् । उनले थानि समूहका नारायण कोइरालालाई हराउँदै सभापतिमा विजयी भएका हुन् । उपसभापतिमा बसन्ति थापा, मान बहादुर चन्द, सचिवमा रमेश सापकोटा र मिलन श्रेष्ठ , सहसचिवमा धन बहादुर मल्ल र सुरेन्द्र ढकाल विजयी भएका छन् ।

पञ्चपुरी नगरपालिकामा खड्का पक्षबाट कृपा राम थापा बिजयी भएका छन्। पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा थानि पक्षबाट नरबहादुर वान्तोला बिजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उडिरहेकाे जहाजमा डिउटी सकियाे भन्दै पाइलटले जहाज फिर्ता गरेपछि

२०७८ मंसिर ३, शुक्रबार १२:३१
काठमाडौं । नेपाल एयरलाइन्सका पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरेपछि मन्त्रालयले स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगञ्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताए । ‘मैले नेपाल वायुसेवा निगमका […]