सुर्खेतको जिल्ला अधिवेशनमा संस्थापन पक्षकाे प्यानल विजयी

उज्यालो रैबार   ।   २०७८ मंसिर १३, सोमबार ०८:१०

सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेतको जिल्ला अधिवेशन नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेल सह–सचिवमा हरि विष्ट र प्रकाश डिसी भारी मतका साथ विजयी भएका छन् ।

उप-सभापतिमा विष्णु खड्का १२०३, टोपबहादुर रावत ११६०, सचिवमा देवकुमार सुवेदी १२६७, बालदिप कँडेल ११९२ र उप-सचिवमा हरि विष्ट ११८० र प्रकाश डिसी ११९६ मत ल्याएर विजयी भएका छन् ।नयाँ नेतृत्वका लागि सभापतिमा खड्ग पोखरेल हिजाे नै सर्बसमत सभापतीमा चयन भएका छन् भने बाँकी नेतृत्वका लागि मतदान भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्षौंदेखि चर्चामै वीरेन्द्रनगरको चक्रपथ, डेढ दशकदेखि निर्माणको काम अधुरै

२०७८ मंसिर १३, सोमबार ०८:१०
सुर्खेत । वीरेन्द्रनगरमा चक्रपथ निर्माणको चर्चा चलेको धेरै बर्ष भयो । राजनीतिक दल र नेताहरुले यसैको नारा लगाएर धेरै चुनाव पनि जिते । तर चर्चामा रहेको र वीरेन्द्रनगरको समृद्धिमा महत्वपूर्ण मानिएको यही चक्रपथको निर्माण कार्य पूरा हुन सकेको छैन । निर्माण थालिएको १६ बर्षसम्म पनि यो अधुरै छ । चक्रपथको […]