प्राविधिक शिक्षालय चलाउँदै कर्णाली प्रदेश सरकार

उज्यालो रैबार   ।   २०७८ पुष १०, शनिबार १३:४१

सुर्खेत। कर्णाली प्रदेश सरकार आफैले प्राविधिक शिक्षालय चलाउने भएको छ। प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालय चलाउने तयारी गरेको हो । सरकारले तीन ठाउँमा शिक्षालय चलाउने तयारी गरेको हो । सुर्खेतको वीरेन्द्रनगर, जुम्लाका चन्दननाथ र रुकुम पश्चिमको चौरजहारीमा विशिष्टकृत प्राविधिक शिक्षालय चलाउने तयारी गरेको छ । सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लालाई केन्द्रमा पर्ने गरी चौरजहारीमा, सुर्खेत र दैलेखको केन्द्र मानेर वीरेन्द्रनगरमा र मुगु, कालीकोट, जुम्ला र हुम्लालाई केन्द्र माननेर चन्दननाथमा शिक्षा परिषद् सञ्चालनको योजना अगाडि सारिएको हो ।

मध्यस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेर शिक्षालय सञ्चालनको तयारी थालिएको सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास तथा व्यवस्था शाखा प्रमुख बलविर सुनारले जनाए। मध्यमस्तरको जनशक्ति उत्पादन गर्नका लागि सरकार आफैले प्राविधिक शिक्षालय चलाउने योजना बनाएको छ’ उनले भने, ‘चालू आर्थिक बर्षमै शिक्षालय स्थापनाका योजना अगाडि बढ्छ ।”

केन्द्र सरकारले सञ्चालन गरेको प्राविधिक तथा व्यावसायिक तालिम परिषदूकै ‘मोडेल’ अनुसार प्रदेश सरकारले शिक्षालय चलाउन योजना ल्याएको हो । केन्द्र सरकारल साविक अञ्चलका सदरमुकाममा शिक्षालयहरु सञ्चालन गरेको थियो। जस अनुसार भेरी अञ्जको नेपालगञ्ज, राप्ती अञ्चलको दाङ र कर्णाली अञ्चलको जुम्लामा प्राविधिक शिक्षालय सञ्चालन गरेको थियो । तर संघीयतासँगै भेरी र राप्ति प्राविधिक शिक्षालय लुम्बिनी प्रदेशमा परेका छन् । जुम्लाको कर्णाली प्राविधिक शिक्षालय भने अहिले सञ्चालनमा छ । तर प्रदेशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने भन्दै कर्णाली सरकारले जुम्लाकै अर्को प्राविधिक शिक्षालय शिक्षालय चलाउने तयारी गरेको हो ।

प्राविधिक धारका शैक्षिक संस्थाको नक्साङ्कन गरिदै
यसैबीच कर्णाली प्रदेश सरकारले विधिक धारका शैक्षिक संस्थाहरुको क्साङ्कन गर्ने भएको छ । उच्च पक्षातर्फे कर्णालीमा प्राविधिक क्षाको अवस्थाको जानकारीसहित गामी नीति, योजना निर्माणमा योग पुऱ्याउने उद्देश्यले प्राविधिक

धारका शैक्षिक संस्थाहरुको नक्साङ्कन गर्न लागिएको हो । शैक्षिक संस्थाको नक्साङ्कन तयार भएको खण्डमा सोही अनुसार प्राविधिक धारका कार्यक्रमहरु सञ्चालन गर्न सहयोग मिल्ने सरकारको अपेक्षा छ ।

यस्तै प्राविधिक तथा साधारण शिक्षा सञ्चालन गरेका शैक्षिक गरिने छ संस्थाको पनि अनुसन्धान गरिने भएको छ । प्रदेशमा प्राविधिक तथा साधारण शिक्षाको विद्यमान अवस्थाको अध्ययन गरी उच्च शिक्षाको गुणतर अभिवृद्धिमा टेवा पुयाउने उद्देश्यले अनुसन्धान गर्न लागिएको हो ।

यो रैबार आजको युगआह्वान दैनिकमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकको समस्याप्रति जिम्मेवार हुन : सभापति भण्डारीको निर्देशन

२०७८ पुष १०, शनिबार १३:४१
सुर्खेत,११ पुस । नेपाली कांग्रेसका बराहताल गाउँ कार्यपालिका सभापति भिम बहादुर भण्डारीले वडाका सभापतिलाई नागरिकको समस्याप्रति जिम्मेवार हुन निर्देशन दिएका छन् । उनले आइतबार पालिकाको पहिलो बैठकमा बोल्दै पालिकाको विकास निर्माण र पार्टी संगठनलाई गतिशिल बनाउनका लागि सबै वडा सभापतिको महत्वपुर्ण भुमिका रहने बताए । उनले कार्यसमितिको पहिलो बैठकबाट आफुबाट […]