अमेरिकी अर्बपति रोबर्ट डर्स्टको कारागारमै मृत्यु

उज्यालो रैबार   ।   २०७८ पुष २७, मंगलवार ०९:३४

काठमाडौं । आजीवन कारागार सजाय भोगिरहेका अमेरिकी अर्बपति रोवर्ट डर्स्टको कारागारमै मृत्यु भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा क्यालिफोर्नियाको एक कारागारमा जन्मकैदको सजाय भोगिरहेका डस्र्टको कारागारमै मृत्यु भएको हो ।

७८ बर्षिय डर्स्ट गत बर्षको सेप्टेम्बरमा पक्राउ परेका थिए । श्रीमती वेपत्ता भएको विषय अरुलाई भनिदिने त्रासले उनले आफ्ना सहकर्मीको हत्या गरेको स्वीकारेका थिए । त्यो बाहेक उनीमाथि दुई छिमेकीको समेत हत्याको आरोप लागेको थियो । रियल स्टेट ब्यापारी डर्स्टको अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा समेत लगानी रहेको छ । ईमेजखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१० अर्ब पुग्यो जिमेलको एप डाउनलोडको संख्या

२०७८ पुष २७, मंगलवार ०९:३४
काठमाडौं । गुगलको ई(मेल सर्भिस जिमेल विश्वभर निकै लोकप्रिय छ । जसको एन्ड्रोइड एपले प्ले स्टोरमा १० अर्ब डाउनलोडको आँकडा पूरा गरेको छ । जिमले प्ले स्टोरमा १० अर्ब डाउनलोड पूरा गर्ने पहिलो एप भने होइन । तीन एपले यस अघि नै यो आँकडा पूरा गरिसकेका छन् । जसमा गुगल […]