वीरेन्द्रनगर तनावग्रस्त, १० जना प्रदर्शनकारी पक्राउ

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १६, सोमबार १६:५६

सुर्खेत । एमसीसी पाससँगै आज गरिएको बन्दमा सुर्खेत तनावग्रस्त बनेको छ । विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका क्रममा कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।
वीरेन्द्रनगरको मंगलगढी चोकमा बन्दकर्ता र प्रहरी विच अहिले झडप भईरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अर्सुग्यास हानेको छ । तर विभिन्न गल्लीबाट निस्काका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् । प्रहरीले अहिलेसम्म १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हमाल मृत्यु प्रकरण : न्यायको माग गर्दै आफन्तद्वारा प्रदर्शनको तयारी

२०७८ फाल्गुन १६, सोमबार १६:५६
सुर्खेत । कालिकोटका युवा व्यवसायी कृष्णबहादुर हमालको मृत्यु भएपछि आफन्तले न्यायको माग गर्दै आन्दोलन गर्ने तयारी गरेका छन् । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका हमालको शनिवार विहान मृत्यु भएको हो । तर आफन्तहरुले सुब्बाकुनामा प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको आरोप लगाएर शनिवार साँझ वीरेन्द्रनगरमा प्रदर्शन समेत गरेका थिए । सुर्खेत कालिकोट […]