लक्ष्मण कँडेलकाे प्यानलले सार्वजनिक गर्याे प्रतिवद्धता पत्र (पूर्णपाठ)

उज्यालो रैबार   ।   २०७८ चैत्र २९, मंगलवार १९:५१

सुर्खेत । संयुक्त व्यवसायी प्यालन बनाएर चुनावी मैदानमा उत्रिएका अध्यक्षका उम्मेद्वार लक्ष्मण कँडेलको प्यानलले प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । सुर्खेत उद्योग बाणिज्य संघको कार्यालयमा मनोनयन दर्तापछि कँडेलको प्यानलले निर्वाचितपछि आफ्नो टिमले गर्ने कामहरुको फिरहस्ती सार्वजनिक गरेका हुन् ।

यो पनि पढ्नुहोस् सुर्खेत वाणिज्यको नयाँ नेतृत्वका लागि खड्का र कँडेलको प्यानल चुनावी मैदानमा

कँडेलले प्रतिवद्धतापत्रमा ६ वटा विषय उठान गरेका छन् । उनले उद्योग वयवसाय प्रवद्र्धन, सहयोग तथा परामर्श, सामाजिक सुरक्षा, पर्यटन, औद्योगिक क्षेत्र पूर्वाधार विकास र सामाजिक उत्तरदायित्वका विषयलाई समेटेका छन् । यस्तै, उत्पादन र रोजगार, प्रविधिमैत्री शहर र प्रविधिमैत्री कार्यालय तथा कृषि, पशु बजारीकरण र जुडिबुटी प्रवद्र्धनका विषयलाई स–व्याख्या प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघ सम्पूर्ण उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण, सम्वर्द्धन तथा सम्बोधन गर्ने साझा संस्था हो । चार दशक लामो इतिहास बोकेको यस संस्थाले यहाँका व्यवसायीहरुको हित प्रवर्द्धनलाई नै मुख्य उद्देश्य बनाएको छ । गरिमामय इतिहासलाई जोगाउँदै संघलाई यहाँसम्म ल्याउन योगदान गर्ने सम्पूर्ण अग्रजहरूप्रति हामी हार्दिक कृतज्ञता र आभार प्रकट गर्दछौ । संघको पहिलो काम व्यवसायीहरूको हकहित संरक्षण गर्नु हो । यो सँगै जिल्लाको आर्थिक समृद्धिमा पनि सहयोगी भूमिका खेल्नु हो ।

संघले सार्वजनिक सरोकारका विषय, आर्थिक समृद्धि र विकासका महत्वपूर्ण कामहरूमा विगतदेखि नै अग्रणी भूमिका खेल्दै आएको छ । कोभिड(१९ महामारीको प्रकोपपछि यतिबेला आर्थिक क्षेत्र संकटग्रस्त अवस्थाबाट ग्रुजिरहेको छ । देशको समग्र आर्थिक सूचाङ्क नकारात्मक अवस्थामा छ ।

उद्योग व्यवसायमा देखिएको मन्दी र चर्को बैंक व्याजका कारण उद्योगी व्यवसायीहरू धरासायी अवस्थामा पुगेका छन् । यस्तो जटिल अवस्थामा हामी सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्व चयनमा सहभागी हुँदैछौं । संघको आवधिक निर्वाचन यही २०७९ साल वैशाख ४ गते सम्पन्न हुन गइरहेको छ । कुनै पनि संस्थालाई गतिशील बनाउँदै यसको उद्देश्य पूरा गर्न सक्षम र सवल नेतृत्व आवश्यक पर्दछ । संघले एक पटक फेरि यस्तै गतिशील र सवल नेतृत्वसहितको टीम खोजेको अवस्थामा हामी संयुक्त व्यावसायिक प्यानलको तर्फबाट तपाईंहरूको माझ उपस्थित भएका छौं ।

व्यवसायीहरूको साझा प्रयत्नबाट मात्र हाल देखिएका अप्ठ्याराहरू समाधान गर्न सकिन्छ भन्ने हाम्रो मान्यता रहीआएको छ । व्यावसायिक संस्थाहरू साझा उद्देश्य हासिलका लागि स्थापना भएका हुन्छन् । यस्तो उद्देश्य हासिल गर्न साझा प्रतिबद्धताको खाँचो हुन्छ ।

संघलाई सबैको अपनत्व हुने गरी साझा संस्थाको रूपमा लैजानु पर्ने विगतका अनुभवले हामीलाई पाठ सिकाएको छ । हाम्रो टीम सहकार्य र सहअस्तित्वमा विश्वास गर्दछ । संघको गरिमामय इतिहास बनाउँदै उद्योगी व्यवसायीहरूको हकहितका लागि हामीले विगतमा गरेको योगदानको तपाईंहरू साक्षी हुनुहुन्छ ।

उद्योग व्यवसायमा देखिएका चुनौती र व्यवसायीहरुको पिरमर्कामा हातेमालो गर्न हामीले तपाईंहरूको साथ र समर्थन खोज्दै आइपुगेका छौं । आशा छ, यही वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा हाम्रो संयुक्त व्यवसायी प्यानलको पक्षमा मतदान गरेर तपाईंहरूले सुर्खेत उद्योग वाणिज्य संघमा सवल नेतृत्व स्थापित गर्नुहुनेछ । हामी निम्न विषयमा प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।

क उद्योग व्यवसाय प्रर्वद्धन, सहयोग तथा परामर्श
कोभिड(१९ महामारीको प्रकोपपछि यतिबेला आर्थिक क्षेत्र संकटग्रस्त अवस्थाबाट ग्रुजिरहेको छ । उद्योग व्यवसायमा देखिएको मन्दी र चर्को बैंक व्याजका कारण व्यवसायीले अप्ठ्यारो स्थितिको सामना गरिरहेका छन् । आर्थिक मन्दीका कारण कतिपय व्यवसायलाई निरन्तरता दिन चुनौतीपूर्ण छ । बैंक व्याज, मूल्य अभिवृद्धि कर, व्यवसाय सञ्चालनका विविध कानूनी झमेलामा सहजीकरण गर्न निम्नलिखित प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।

बैंक तथा वित्तीय क्षेत्रबाट व्यवसायीहरूले लिएको ऋण तथा व्याजमा देखिएको समस्या समाधानका लागि पैरबी र सहजीकरण गरिनेछ ।

व्यवसायी आफैले आफ्नो लेखा प्रणाली दुरूस्त राख्न सक्ने गरी मूल्य अभिवृद्धि कर ९भ्याट० तथा अन्य कर सम्बन्धी प्रत्येक ६र६ महिनामा तालिम तथा अभिमुखीकरणको कार्यक्रमको व्यवस्थापन गरिनेछ ।

नेपाल सरकारको कर सम्बन्धी अज्ञानताका धेरै व्यवसायीहरूले अनाहकमा जरिवाना तिर्नुपर्ने अवस्था अझै पनि विद्यमान छ । व्यवसायीलाई कर सम्बन्धी जानकारी दिइ यस्तो अवस्था अन्त्य गर्न सुर्खेत उद्योग वाणिज्य संघमा निःशुक हेल्प डेस्कको स्थापना गरिनेछ ।

उद्यमी व्यवसायीहरूको साझा उद्देश्य प्राप्तीमा सहजीकरण गर्न सुर्खेत उद्योग वाणिज्य संघको कार्य क्षेत्र रहेको प्रत्येक पालिकासँग समन्वय गरी बजार व्यवस्थापन समिति गठन गरिने छ ।

साना तथा लघुउद्यमलाई बैकिङ्ग कर्जाको लागी सहजीकरण गरिनेछ ।

घरवहाललाई व्यवसायीमैत्री बनाउन घरधनी र व्यवसायीहरूबीच समन्वय गरिनेछ ।

व्यावसायिक सुरक्षा व्यवस्थापनका लागि पैरवी गरिनेछ । आवश्यकता अनुसार रात्रीकालीन व्यवसाय सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

व्यवसाय सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा उद्योगी, व्यवसायीहरूले भोग्नु परेको समस्यालाई दृष्टिगत गरी जनशक्ति आपूर्तिमा सहजीकरण गरिनेछ । जसका लागि संघले आवश्यकता अनुसार तालिम र प्रशिक्षण सञ्चालन गरिनेछ ।

सुर्खेतमा राष्ट्र बैंकको कार्यालय स्थापना भएता पनि बैंकिङ्ग कारोबार नगरेको हुँदा सो बाट सिर्जित समस्या हल गर्न उक्त बैंकले बैंकिङ्ग कारोबार गर्ने वातावरण श्रृजना गरिनेछ ।

१० जिल्लामा अव्यवस्थित रूपमा रहेका पोके तथा घुमुवा व्यापारीहरुलाई व्यवस्थित गर्न प्रक्रिया अगाडि बढाइने छ ।

११ चोरी तथा लागूआषैधका घटनाहरुलाई न्यूनीकरण गर्न र व्यावसायिक सुरक्षाका लागि सुरक्षा निकायसँग विशेष पहल गरिनेछ ।

१२ आफूखुशी हुने मेला महोत्सवलाई नियन्त्रण गर्न कार्यविधि निर्माण भइसकेको छ । मेला महोत्सव लगाउँदा स्थानीय उत्पादन, स्थानीय व्यवसायी र स्थानीय बजार प्रवर्द्धन हुने मेला महोत्सवलाई मात्र प्रवर्द्धन गरिनेछ ।

१३ संघमा आवद्ध वस्तुगत समितिहरूलाई अझ बढी सशक्त र क्रियाशील बनाउन विधानमा थप व्यवस्था गरिनेछ ।

१४ वीरेन्द्रनगर बजार क्षेत्र र आसपासका क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ्ग, लो(भोल्टेज जस्ता विद्युतीय समस्याका लागि सम्बन्धित निकायसँग पैरवी र दवावलाई निरन्तरता दिइने छ ।

सामाजिक सुरक्षा स् व्यवसाय संरक्षण र सम्वर्द्धनका लागि व्यवसायीहरूको सामाजिक सुरक्षा अति आवश्यक विषय हो । दैवी विपत्ती र विविध कारणले पलायन भएका व्यवसायीहरूलाई राहत तथा व्यवसायी उपचार सहयोग अभियानजस्ता कार्यक्रम सञ्चालन गरेर अभिभावकत्व प्रदान गर्नु हाम्रो मुख्य ध्येय रहनेछ । जसका लागि तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गरिनेछ ।

आगजनी लगायतका दैवी विपत्तीमा परेका व्यवसायीहरुको लागि होलसेल बीमाका साथै विविध कारणवश पलायन तथा विस्थापित भएका व्यवसायीहरुका लागि प्रदान गरिने राहत कोषलाई वृद्धि गरी रु एक करोड पुऱ्याइने छ । जसबाट आवश्यकता अनुसार राहत तथा सहयोग वितरण गरिनेछ ।

स्वस्थ व्यवसाय स्वस्थ व्यवसायी भन्ने ध्येयका साथ व्यवसायीहरूका लागि प्रत्येक ६र६ महिनामा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

आर्थिक अभावका कारण गम्भीर प्रकारका रोगको उपचारमा व्यवसायीहरूले भोग्नु परेको कठिनाईलाई सहज बनाउन आवश्यकता अनुसार उपचार सहयोग अभियान सञ्चालन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खड्काको प्यानल लाई मतदान गर्न सुर्खेत काँग्रेसको आह्वान

२०७८ चैत्र २९, मंगलवार १९:५१
सुर्खेत। नयाँ कार्यसमिति चयनका लागि वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनमा रहेको बृहत लोकतान्तिक साझा व्यावसायिक समूहलाई मतदान गर्न नेपाली काँग्रेस सुर्खेतले आग्रह गरेको छ। हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले नेतृत्व गरेको ‘बृहत लोकतान्त्रिक साझा व्यवसायी समूह’का उम्मेदवारहरुलाई मतदान गर्न नेपाली का“ग्रेस जिल्ला कार्य समिति सुर्खेतले […]