औषधि व्यवसायी संघ सुर्खेतले खड्काको समूहलाई मत दिने

उज्यालो रैबार   ।   २०७९ बैशाख २, शुक्रबार ०७:०३

सुर्खेत। नेपाल औषधि व्यवसायी संघ सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्काको समूहलाई समर्थन गरेको छ। विहिवार उम्मेदवारहरुलाई भेटेर खड्का नेतृत्वको बृहत लोकतान्त्रिक साझा व्यवसायिक गठबन्धनलाई समर्थन गरिएको औषधि व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले बताए।


व्यवसायीहरुको लागि गरिएको प्रतिबद्धताका आधारमा आफूहरुले खड्का नेतृत्वको समूहलाई समर्थन गरेको अध्यक्ष खड्काले बताए।
‘हामीसँग सम्बन्धित एकजना व्यवसायी यो समूहमा उम्मेदवार पनि हुनुहुन्छ, उहाँलाई एकखालको हौसला दिएका छौं,’ अधयक्ष खड्काले भने, ‘यति मात्र नभएर उहाँहरुको प्रतिबद्धता र एकता पनि कदर गर्न लायक भएकाले हाम्रो संगठनलाई उहाँहरुलाई समर्थन गरेको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजवादी निकट थप पाँचजना व्यवसायीद्वारा हर्षविक्रम समूहलाई समर्थन

२०७९ बैशाख २, शुक्रबार ०७:०३
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेकपा ९एकीकृत समाजवादी० पार्टी निकट सुर्खेतका थप पाँच जना व्यवसायीहरुले हर्षविक्रम खड्काको समूहलाई समर्थन गरेका छन्। आज एक विज्ञप्ती जारी गर्दै समाजवादी निकट पाँचजना व्यवसायीरुले खड्का नेतृत्वको समूहलाई समर्थन गरेको घोषणा गरेका हुन्। ‘वृहत लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन’ नाम दिएर खड्का नेतृत्वको प्यानल […]