केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा बनायो इतिहास

उज्यालो रैबार   ।   २०७९ बैशाख ३, शनिबार ०८:३९

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ ।

दक्षिण भारतीय अभिनेता यश अभिनित फिल्मले अहिलेसम्मकै भव्य ओपनिङ गरेको हो । फिल्मले अग्रिम टिकट बुकिङमा समेत रेकर्ड बनाएको छ । फिल्मले यसअघिका सफल भएका फिल्महरूलाई पनि पछि परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको हिन्दी भर्जन मात्र ४ हजार ४ सय स्क्रिनमा रिलिज गरिएको छ । महामारीपछि यति ठूलो संख्यामा एकसाथ रिलिज हुने यो पहिलो भारतीय फिल्म हो ।

फिल्मको हिन्दी भर्जनले ५४ करोड, कन्नड भर्जनले ३५ करोड र अन्य भाषाका गरी पहिलो दिनमा कुल १ सय ५० भारतीय रूपैयाँ कमाएको भारतीय ट्रेड एनालिस्टहरूले बताएका छन् ।

बक्स अफिसमा दक्षिण भारतीय फिल्महरूले बाहुबलीको समयदेखि एकछत्र राज गरिरहेका छन् । फिल्मलाई तमिल, तेतुगु, कन्नड, मलयालम र हिन्दी भाषामा प्रर्दशन गरिएको छ ।

प्रशान्त नीलको निर्देशन बनेको ‘केजीएफ च्याप्टर २’मा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका छ ।

फिल्मको पहिलो भाग सन् २०१८ मा रिलिज भएको थियो । केजीएफ त्यो समयको दक्षिण भारतीय कन्नड उद्योगको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष ओली आइतबार कर्णाली आउँदै

२०७९ बैशाख ३, शनिबार ०८:३९
सुर्खेत । नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली आउँने भएका छन् । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा आइतबार गरिएको बृहत आमसभालाई सम्बोधन गर्न कर्णाली आउँन लागेका हुन् । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहका अनुसार एमाले हुम्लाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्नको लागि ओली […]