टिकट नपाएपछि तनहुँमा कांग्रेस नेताले दिए सामूहिक राजीनामा

उज्यालो रैबार   ।   २०७९ बैशाख १३, मंगलवार १७:३५

तनहुँ – टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। सोमबार दमौलीमा पत्रकार सम्मेल गर्दै जिल्लादेखि वडा तहका नेताहरुले साधारण सदस्य समेत नरहने गरेर राजीनामा दिएका हुन्।

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका पूर्व सचिव विश्व बास्तोलासहित आधा दर्जन नेताले सामूहिक राजीनामा दिए। बास्तोला वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका नेता हुन्। हाल उनी जिल्ला कार्य समितिको संगठन विभाग प्रमुख थिए। उनले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर बन्ने इच्छा देखाएका थिए। तर टिकट हालका मेयर वैकुण्ठ न्यौपानेले नै ल्याउन सफल भएपछि उनी असन्तुष्ट बनेका छन्।

व्यासमा न्यौपानेले पाँच वर्षमा देखिने गरेर केही काम नगरेपनि पार्टीले उनैलाई टिकट दिएकोमा बास्तोलाले पत्रकार सम्मेलनमा असन्तृष्टि पोखे। यस्तै शुक्लागण्डकी नगरपालिकाको मेयरका आकांक्षी महेश्वर भट्टराईले पनि राजीनामा दिएका छन्। उनले सोमबार स्वतन्त्रका तर्फबाट शुक्लागण्डकीको मेयरमा उम्मेद्वारी पनि दिएका छन्। जनता पार्टीसँग विश्वस्त नरहेको उनको भनाइ छ।

‘पार्टीमा काम गर्ने धेरै कार्यकर्तामा निराशा छाएको छ। पार्टीमा न्याय र विधि पनि अत्यन्त न्युन हुँदै गएको छ। परिर्वतनका लागि लडेका साथीहरुको पनि भावनामा ठेस लागेको छ,ु उनले भने।

कांग्रेस नेता चुडामणी दाहाल, दिपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगालेले पनि राजीनामा दिएका छन्। पार्टीले टिकट नदिएपछि दाहालले व्यास नगरपालिका–१ को वडाध्यक्षमा, पौडेलले शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्षमा, थापाले व्यास–२ को वडाध्यक्षमा र महतले शुक्लागण्डकी–८ को वडाध्यक्षमा बागी उम्मेद्वारी दिएका छन्।


पार्टीले योगदान बिर्सेर पैसाको विटोमा टिकट बाँडेको उनीहरुको आरोप छ। राजीनामा दिनेहरु कोही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बढी छन्। टिकट वितरणमा नेपाली कांग्रेसमा चरम असन्तृष्टि पैदा भएको छ। पार्टीले टिकट नदिएपछि कांग्रेस नेता मानकाजी श्रेष्ठले बन्दीपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेद्वारी दिएका छन्।

व्यासको मेयरमा नेपाली कांग्रेसका नेता वृषलाल श्रेष्ठले वागी उम्मेद्वारी दिएका छन्। पार्टीले वितरण गरेको टिकट र गठबन्धनप्रति असन्तुष्टि जनाउँदै दैनिक जसो क्रियाशील सदस्यहरुले राजीनामा दिइरहेका छन्। नागरीक न्युजवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हप्तामा २ दिन बिदा दिने सरकारकाे निर्णय

२०७९ बैशाख १३, मंगलवार १७:३५
काठमाडौँ । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार गरी २ दिन बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा २ दिन विदा दिने निर्णय भएको बताए […]