कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक

उज्यालो रैबार   ।   २०७९ जेष्ठ ३, मंगलवार १६:३८

सुर्खेत । मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँच वटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले ३ र दुई वटामा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

नेकपा एमालेले पालिकाहरु जित्ने भन्दा बढी गुमाउँदै गएको छ । अहिलेसम्म दैलेखको गुराँस, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, जुनिचाँदे गाउँपालिका जाजरकोट र डोल्पाको शे–फोक्शुण्डो गाउँपालिकामा जितेको छ ।
कर्णालीमा एमालेले गुमाएका पालिकाहरु

— ठाटीकाँध गाउँपालिका दैलख स् यहाँ काँग्रेसका रक्षबहादुर शाहीले जितेका छन्
—चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख स् काँग्रेसका गणेशबहादुर शाहीले जितेका छन् ।
— भैरवी गाउँपालिका, दैलेख स् काँग्रेसकी रिता कुमारी शाहीले जितेकी छन् ।
—भगवतीमाई गाउँपालिका, दैलेखः माओवादीका गणेश थापाले जितेका छन् ।
— बनगाड कुपिण्डे नगरपालिका, सल्यान स् माओवादीका कर्णबहादुर बुढाथोकीले जितेका छन् ।
— ठुलोभेरी नगरपालिका, डोल्पा स् यहाँ नेपाली काँग्रेसका स्वबर्ण बुढाले जितेका छन् ।
— खाँडाचक्र नगरपालिका, कालिकोट स् यहाँ स्वतन्त्र उम्मेदवारले जितेका छन्
— कपुरकोट गाउँपालिका, सल्यान स् यहाँ एकीकृत समाजवादीले जितेको छ
— शिवालय गाउँपालिका जाजरकोट स् यहाँ नेपाली काँग्रेसका शेरबहादुर शाहीले ल्याएर जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२५२ स्थानीय तहको मत परिणाम सार्वजनिक (सुचिसहित)

२०७९ जेष्ठ ३, मंगलवार १६:३८
काठमाडौं। वैशाख ३० गते भएको स्थानीय तह चुनावको मंगलबार बिहानसम्म २५२ पालिकाको नतिजा आएको छ। अहिलेसम्म कांग्रेस ११६ पालिकामा जित हात पारेर पहिलो नम्बरमा छ। दोस्रो नम्बरमा रहेको एमालेले ६७ पालिका प्रमुखरअध्यक्ष जितेको छ। गत चुनाव पहिलो पार्टी बनेको एमालेले यसपालि अहिलेसम्म साढे २६ प्रतिशत पालिकामा जित हात पारेको छ। […]