मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

पत्रपत्रिका   ।   २०७९ जेष्ठ २०, शुक्रबार ०७:२३

काठमाडौं । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ ।
सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका थिए ।

‘सत्ता गठबन्धनबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा छलफल अघि बढिसकेको छ, एकै चरणमा निर्वाचन गर्ने सरकारको चाहना हो, निर्वाचन आयोगसँग पनि अनौपचारिक संवाद सुरु भएको छ, आयोगको चाहना दुई चरणमा भन्नेछ,’ नेपाली कांग्रेस स्रोतले भन्यो ।

यो खबर आजको राजधानी दैनिक मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ कर्णाली सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

२०७९ जेष्ठ २०, शुक्रबार ०७:२३
प्रदेश सभाका माननीय सदस्यहरु, कर्णाली प्रदेशका नागरिकको प्रतिनिधिमूलक यस गरिमामय प्रदेश सभामा कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को मार्गदर्शनको रूपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको यस अवसरमा नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, […]