जुम्ला बाहेक असार १५ गते कर्णालीमा सार्वजनिक बिदा

उज्यालो रैबार   ।   २०७९ असार १२, आईतवार १८:२८

सुर्खेत । कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा बिदा भनिएपनि जुम्लामा भने विदा नहुने भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकाले प्रदेश सरकारले जुम्ला बाहेक नाै जिल्लामा मात्रै सार्वजनिक बिदा दिएको हाे ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

२०७९ असार १२, आईतवार १८:२८
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को आज केन्द्रीय समिति बैठक बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पटकपटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो । गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य […]