माओवादीको केन्द्रीय समिति बैठक बस्दै

उज्यालो रैबार   ।   २०७९ असार १९, आईतवार ११:२६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को आज केन्द्रीय समिति बैठक बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पटकपटक केन्द्रीय समितिको बैठक सर्दै आएको थियो ।

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।

आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन् । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखका उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत

२०७९ असार १९, आईतवार ११:२६
सुर्खेत । व्यवसायिक रुपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन तथा सम्मान गरेको हो । कार्यालयको […]