रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ आवेदन अनलाइनबाट

उज्यालो रैबार   ।   २०७९ श्रावण २१, शनिबार १८:४८

सुर्खेत। रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ का लागि  अनलाइनबाट पनि फारम भर्न सकिने भएको छ। आगामी असोज महिनाकोअन्तिम साता काठमाडौँमा हुने अवार्डका लागि शनिबादेखि अनलाइनमार्फत पनि फारम भर्न सकिने व्यवस्था गरिएको हो ।
आयोजकले साउन १५ गतेदेखि भौक्तिक रुपमा फारम भर्ने सुचना निकालेको थियो। तर, शनिबारबाट सबै सहभागीलाई सहज तरिकाले फारम भर्नका लागि आयोजकले अनलाइन फारमको पहुँचको विस्तार गरेको जनाएको छ।

अवार्डका लागि सहभागीहरुले साउन मसान्तसम्म फारम भर्न पाउँने छन्। आयोजक संस्था कर्णाली कलाकार समाज रहेको छ। कर्णाली कलाकार समाजले समय अवधिभित्र फारम भरेर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’मा भाग लिन गीत, संगीतका विभिन्न विधामा आवद्ध सम्पूर्ण कलाकारहरुमा अनुरोध गरेको छ।

निष्पक्ष रूपमा आयोजना हुने यो अवार्डमा निर्णायक मण्डलको सहि मुल्यांकन एस.एम.एस भोटिङबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिइने र ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय रहने समाजका अध्यक्ष पदम रोकायाले जानकारी दिए।
कार्यक्रममा सहभागि हुन ईच्छुक उपत्यका बाहिर रहेका श्रष्टाहरुले आफ्नो गीतको लिङ्कसँगै फारम चार्ज ईसेवा मोवाईल बैंकिङबाट पठाएर ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’मा भाग लिन सकिने आयोजको भनाई रहेको छ।

यस्ता छन्, अवार्डका नियमहरू

एल्बम वा गीत २०७८ बैशाखदेखि २०७९ साउन महिना भित्र प्रकाशित भएका हुनुपर्ने छ।

अवार्डमा सहभागी हुनका लागि प्रति विधा एक हजार शुल्क लाग्ने छ।

अवार्डका नीति, नियमहरु आयोजकले निर्धारण गरे बमोजिम मान्य हुनेछ।

एस.एम.एस. भोटिङ्गबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिईने छ भने ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय लागुहुने छ।

२०७९ श्रावण मसान्त भित्र बुझाईएका फर्महरु मात्र आधिकारिक मानिने छन्।

अवार्डमा सहभागि भईसकेपछि कुनै किसिमको बिवाद गर्न पाइने छैन्।

फारम भर्नका लागि लिंक

https://docs.google.com/forms/d/e/1FAIpQLSfdWpuh9jbqcKvNPZphlhBFvemRXMHRZ2T9DQCDcuMJOJ-iVw/viewform

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व स्तनपान सप्ताह कनकासुन्दरी गाउँपालिकाको यस्तो रह्यो

२०७९ श्रावण २१, शनिबार १८:४८
साउन २२, जुम्ला/सिंजा। आज विश्व स्तनपान सप्ताहको अन्तिम दिन अगस्ट १ देखि ७ सम्म मनाइने यो सप्ताह कनकासुन्दरी गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरेर मनाएको छ ।२०२२ का लागि “स्तनपानलाई वढाउन जनचेतना अभिबृध्दि गर्न सहयाेग गराै” भन्ने नारा लाई सार्थकता दिन पालिकाले जनचेतनामुलक कार्यक्रम, अन्तरक्रिया, लगायतका कार्यक्रम गरेर हप्ता सम्म मनाएको […]