कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट

उज्यालो रैबार   ।   २०८० जेष्ठ १०, बुधबार ११:३४

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजबाट सुरु हुने भएको छ । पहिलो अधिवेशन बैशाख १७ गते अन्त्य भएको थियो ।

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउसो ३ः०० बैठक बस्ने गरी अधिवेशनको आह्वान गर्नुभएको हो ।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम सबै सभा सदस्यहरुलाई आजको बैठकका लागि जानकारी गराईएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोलीसी ट्र्यापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन

२०८० जेष्ठ १०, बुधबार ११:३४
काठमाडौं- विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारणले नेपाली अर्थतन्त्रमा पोलीसी ट्र्यापमा परेको छ। पुँजीगतभन्दा ऋणको सांवा ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै भएकाले अर्थतन्त्रमा समस्या बहुआयामिक देखिएको विज्ञहरूले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, […]

सम्बन्धित समाचार