जाजरकोटको ठाँटीमा प्रहरी चौकी स्थापना गर्न गृहको पत्र

उज्यालो रैबार   ।   २०७७ आश्विन २३, शुक्रबार १४:५१


जाजरकोट । जिल्लाको शिवालय गाउँपालिका–५ ठाँटीमा तत्काल प्रहरी चौकी स्थापना गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । ठाँटीमा यथाशिघ्र अस्थायी प्रहरी चौकी स्थापना गर्न मन्त्रालयले जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई पत्र पठाएपछि स्थानीय समेत हर्षित बनेका छन् ।

प्रहरी चौकी स्थापना लागि गृह मन्त्रालयमा पुर्व गृहमन्त्री समेत वन मन्त्री शक्ति बस्नेत, जनकराज शर्मा र गाउँमा पहल गर्ने वडा अध्यक्ष भक्तबहादुर थापाको टोलीले बारम्बार पहल गर्दै आएका थिए । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले आफूले पनि जिल्लाबाट निर्वाचित सांसद र नेताहरुसँग पनि पटक पटक छलफल गरेको बताउँछन् ।

सुरक्षाका दृस्टिकोणले शिवालयले सानै भएपनि उपलब्धि हासिल गरेको स्थानीय शिक्षक शर्मिला रावलले जानकारी दिइन् । प्रहरी चौकी स्थापनासँगै यहाँ हुने अपराधिक घटना न्यूनिकरणमा टेवा पुग्ने उनको विश्वास छ ।

अध्यक्ष शाहीले सामाजिक संजाल फेसाबुकमा लेखेका छन् ‘लामो समयदेखीको शिबालय गाउपालिका वडा नम्बर ५ थालारैकरको ठाँटीमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने प्रयास सफल भएको छ ।

यस कार्यमा सहयोग गर्ने नेपाल सरकार , नेपाल सरकारका वन तथा वाताबरण मन्त्री ज्यु ,रास्ट्रिय सभा र प्रदेश सभा सदस्य ज्युहरु, विशेष गरि तत्कालीन तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी जनक प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यालय जाजरकोट, जिल्ला प्रहरी कार्यालय जाजरकोट लगायत सम्पूर्ण सहयोगी हातहरुलाइ गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रबार कर्णालीका ६२ जनामा कोरोना पुष्टि

२०७७ आश्विन २३, शुक्रबार १४:५१
सुर्खेत । कर्णाली प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३३, दैलेखमा १३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नौ र रुकुमपश्चिममा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्य सुर्खेतका २८, सल्यान र […]