शनिबार थपिए कर्णालीमा ११६ जना कोरोना संक्रमित

उज्यालो रैबार   ।   २०७७ आश्विन २४, शनिबार २०:०९

सुर्खेत। कर्णाली प्रदेशमा हालसम्मकै उच्च एकसय १६ जनामा कोरोना पुष्टि भएको छ । विगतमा एकसय १४ जनासम्म कोरोना पुष्टि भएपनि पछिल्लो २४ घण्टामा संक्रमितको संख्या उच्च रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

प्रदेश अस्पताल, पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ३२, दैलेखमा चार, चौरजहारीमा तीन र कर्णाली प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक जना छन् ।

कोरोना पुष्टि हुनेमध्य जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ७९ जना छन् । दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुईरदुई, डोल्पा र मुगुका एक–एक तथा अन्य प्रदेशका सात जना छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ६८ पुगेको छ । जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्ट भने कर्णालीमा समावेश नगरिएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले बताए । हालसम्म आरटीपीसीआर विधिबाट कर्णालीमा ७९ हजार दुई सय ५७ जनाको परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उपप्रमुख ढकाल सम्मानित

२०७७ आश्विन २४, शनिबार २०:०९
सुर्खेत । सुर्खेत महिला जेसीजले वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी उप–प्रमुख मोहनमाया ढकाललाई सम्मान गरेको छ । महिला जेसीजले हरेक बर्ष गर्ने बार्षिक कार्यक्रम अनुसार शनिबार सप्ताहव्यापी कार्यक्रमको समापनमा नारी सम्मान कार्यक्रममा मार्फत ढकाललाई सम्मान गरेको हो । उपप्रमुख ढकालले महिलाको क्षेत्रबाट भएर बिगत लामो समयदेखि जिल्लाको राजनितिक क्षेत्रमा सक्रियरुपमा लाग्दै महिलाहरुको […]