उपप्रमुख ढकाल सम्मानित

उज्यालो रैबार   ।   २०७७ आश्विन २४, शनिबार २०:१६

सुर्खेत । सुर्खेत महिला जेसीजले वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी उप–प्रमुख मोहनमाया ढकाललाई सम्मान गरेको छ ।

महिला जेसीजले हरेक बर्ष गर्ने बार्षिक कार्यक्रम अनुसार शनिबार सप्ताहव्यापी कार्यक्रमको समापनमा नारी सम्मान कार्यक्रममा मार्फत ढकाललाई सम्मान गरेको हो ।

उपप्रमुख ढकालले महिलाको क्षेत्रबाट भएर बिगत लामो समयदेखि जिल्लाको राजनितिक क्षेत्रमा सक्रियरुपमा लाग्दै महिलाहरुको व्यक्तित्व विकास एवं नेतृत्व क्षमता अभिवृद्धीमा उत्प्रेणात्मक भूमिका निर्वाह गरेकोले सशक्त महिला नेतृत्वको रुपमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको जेसीज २०२० का अध्यक्ष प्रमी शाक्यले जानकारी दिइन् ।

महिला जेसीजले असोज १६ गतेबाटे सप्ताहव्यापी कार्यक्रम सुरु गरेको थियो । वीरेन्द्रनगरमा आश्रित बाढीपीडितहरुका लागि कोभिड सम्बन्धी जनचेतना र स्वास्थ्य सामाग्री वितरण, वक्तित्वकला प्रतियोगिता, उद्घोषण तालिम, मानव सेवा आश्रममा दन्त परिक्षण शिविर, सेनेटरी प्याड बनाउने तालिम तथा नारी सम्मान कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलो पटक अस्फाल्ट प्रबिधिबाट सडक कालोपत्रे

२०७७ आश्विन २४, शनिबार २०:१६
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक सुर्खेतमा अस्फाल्ट प्रबिधिबाट सडक कालोपत्रे गर्न थालिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानदेखि प्रदेश अस्पतालसम्म जाने झण्डै एक किलोमिटर सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे हुन थालेको छ । अस्फाल्ट प्रबिधिका सडकहरु उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने खालका हुन्छन् […]