पहिलो पटक अस्फाल्ट प्रबिधिबाट सडक कालोपत्रे

उज्यालो रैबार   ।   २०७७ आश्विन २४, शनिबार २०:२६

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक सुर्खेतमा अस्फाल्ट प्रबिधिबाट सडक कालोपत्रे गर्न थालिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानदेखि प्रदेश अस्पतालसम्म जाने झण्डै एक किलोमिटर सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे हुन थालेको छ ।

अस्फाल्ट प्रबिधिका सडकहरु उच्च भारबहन क्षमता, लामो अबधि टिकाउ हुने र सडक किनारबाट पानी नछिर्ने खालका हुन्छन् । सडक पिच गर्नका लागि आवश्यक सामाग्री अस्फाल्ट प्रविधि अर्थात मेसिनको सहायताले निर्माण गरी मेसिनकै सहायताले सडकमा बिछ्याएर पिच गरिन्छ ।

सुर्खेतमा पहिलो पटक यो प्रविधि श्याम एण्ड शंकर कन्ट्रक्सनका सञ्चालक पदम खड्काले भित्र्याएका हुन् । उनका अनुसार सडक पिच गर्न चाहिने कच्चा पदार्थ अस्फाल्ट प्रविधिबाट बनाएर पेभर मेसिनको सहायताले टेवल मिलाइन्छ । अस्फाल्ट प्रविधिका मेसिन मात्रै भिर्याउँदा झण्डै साढे दुई करोड बढी खर्च भएको उनले बताए ।

सरकारी मापदण्ड अनुसार सडकको गुणस्तर कायम गर्न, छिटो र छरितो काम गर्न यो प्रविधि उत्तम छ रहेको पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर सूर्य शाहीले बताए । उनले जनशक्ति लगाएर दुई हप्ता गर्ने काम मेसिनले एकै दिनमा गर्न सकिने, सडक दिगो र भरपर्दा पनि हुने जनाए ।

कर्णालीमा पहिलो पटक अस्फाल्ट प्रविधि भि¥याएका उनी आफ्नो काम हेरेर थप सडक पिच गर्ने जिम्मेवारी पाउनेमा आशावादी छन् ।

यो प्रविधि अनुसार कर्णालीका सडक दिगो र भरपर्दाे बनाउन प्रदेश सरकारले पनि चासो दिनुपर्ने सञ्चालक खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा पातलगंगा सामुदायिक थारू होमस्टे संचालन

२०७७ आश्विन २४, शनिबार २०:२६
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ पातालगंगामा पातलगंगा सामुदायिक थारू होमस्टे संचालनमा ल्याइएको छ । शनिबार होमस्टेको उद्घाटन कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढाले गरेको हुन् । उद्घाटन गर्दै मन्त्री बुढाले कर्णाली प्रदेश आर्थिक र राजगारी कसरी गर्ने होमस्टेबाट थोरै लगानीमा धेरै फाइदा लिन सकिने जनाए । अर्गानिक प्रदेश […]