कोरोना संक्रमणबाट सुर्खेतकी ७६ वर्षीय महिलाको मृत्यु

उज्यालो रैबार   ।   २०७७ आश्विन २५, आईतवार १२:५४

सुर्खेत । कर्णालीमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिलाको उपचारको क्रममा आइतबार बिहान करिब १० बजे मृत्यु भएको हो ।

कोरोना संक्रमित महिला दमसँगै पेटबाट रगत बग्ने समस्या देखिएपछि कोरोना विशेष अस्पतालमा यही असोज २१ गते भर्ना गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

ति महिलाको उपचारकै क्रममा मृत्यु भएको कंडेलको भनाई छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्री विरुद्ध सत्ता पक्षकै १८ जना सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव

२०७७ आश्विन २५, आईतवार १२:५४
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेशका १८ सांसदले उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रस्ताव बुझाएका हुन् । महेन्द्र बहादुर शाही संसदीयदलको नेतामा निर्वाचित भएपछि संसदीय दल एवं सरकारका कामकारवाही प्रभावकारी नभएको उनीहरुले आरोप लगाएका […]