उपकुलपति भेट्न गएका नेविसंघका विद्यार्थी पक्राउ

उज्यालो रैबार   ।   २०७७ आश्विन २९, बिहीबार १९:४३

सुर्खेत, २९ असोज । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई भेट्न गएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
विश्व विद्यालयका विद्यार्थीका समस्याबारे बिहीबार ध्यानाकर्षण गराउन गएका विद्यार्थीलाई विनाकारण प्रहरीले पक्राउ गरेको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य अनि शाहीलगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटुवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे रहेका छन् ।
उनीहरु विद्यार्थीका मागबारे ध्यानाकर्षण गराउन जाँदै गर्दा उपकुलपतिकै निर्देशनमा विद्यार्थीमाथि आक्रमण भएको र उल्टो प्रहरीले पक्राउ गरेको नेविसंघको आरोप छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी उपकुलपतिकै निर्देशनमा विद्यार्थीमाथि आक्रमण र गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी राजेन्द्रप्रसाद भट्टले भने ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुले तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्तरिक राजस्व कार्यालय सुर्खेतका सेवा बन्द

२०७७ आश्विन २९, बिहीबार १९:४३
सुर्खेत, २९ असोज । आन्तरिक राजस्व कार्यालय सुर्खेतमा विद्युतीय बाहेकका अन्य सेवा बन्द भएका छन् । कार्यालयका कर्मचारीलाई कोराना भाइरसको संक्रमण भएपछि सेवा बन्द गरिएको हो । कार्यालय बिहीबार एक सूचना जारी गर्दै अर्काे सूचना नआउन्जेल सम्मका लागि सेवा बन्द गरिएको जनाएको हो । ‘कोरोना भाइरसको संक्रमण कार्यालयमा पनि देखा […]