आन्तरिक राजस्व कार्यालय सुर्खेतका सेवा बन्द

उज्यालो रैबार   ।   २०७७ आश्विन २९, बिहीबार १९:४९

सुर्खेत, २९ असोज । आन्तरिक राजस्व कार्यालय सुर्खेतमा विद्युतीय बाहेकका अन्य सेवा बन्द भएका छन् । कार्यालयका कर्मचारीलाई कोराना भाइरसको संक्रमण भएपछि सेवा बन्द गरिएको हो ।

कार्यालय बिहीबार एक सूचना जारी गर्दै अर्काे सूचना नआउन्जेल सम्मका लागि सेवा बन्द गरिएको जनाएको हो ।

‘कोरोना भाइरसको संक्रमण कार्यालयमा पनि देखा परेको हुँदा अन्य कर्मचारीको स्वाव संकलनको नतिजा नआएसम्म नेपाल सरकारको जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डलाई मध्यनजर गर्दै अत्यावश्कीय विद्युतीय सेवा बाहेकका अन्य सेवा बन्द गरिएको’ सूचनामा उल्लेख छ ।

साथै, राजस्व संकलनको सम्पूर्ण कार्य बैकिङ्ग प्रणालीबाट हुने भएकोले उक्त सेवा नियमित संचालन हुने र करदाताले विद्युतीय सेवाको वेवसाइटमा नियमित कामकाज गर्न सकिने सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कार विरुद्ध किशोरीहरुको प्रदर्शन

२०७७ आश्विन २९, बिहीबार १९:४९
सुर्खेत,२९ असोज । वीरेन्द्रनगरका किशोरी तथा बालिकाहरुले बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले बिहीबार ¥यालीसहित प्रदर्शन गरेका हुन् । ‘कडा कानुन लेखिदे संविधान, बलात्कारीविरुद्ध हाम्रो अभियान’ भन्ने नाराका साथ स्वःस्फूर्त रुपमा किशोरीहरुले सरकारलाई दबाब दिन अभियान […]