लिमीमा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर स्थापना

उज्यालो रैबार   ।   २०७७ आश्विन २९, बिहीबार २०:१३

लिमी, २८ असोज । नाम्खा गाउँपालिकाको वडा नम्बर(६ को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीहरुलाई सेवा प्रदान गर्ने उदेश्यकका साथ सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ ।

गर्भवती महिलालाई गाउँ बस्तीमा सहज रुपमा सुत्केरी गराउनका लागि यो सुविधा लिमीका महिलाहरुले पहिलो पटक पाएका हुन । बर्थिङ्ग सेन्टर सहित सामुदायिक स्वास्थ्य संस्थाको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

वडा अध्यक्ष पाल्जोर तामाङले बर्थिङ्ग सेन्टर निर्माण भएर सञ्चालनमा आएपछि अब लिमीका महिलाले सहज रुपमा सुत्केरी हुन पाउने जनाए । यसअघि लिमीका महिलाहरुले घरमै गाउँकी परम्परागत सुडेनीबाट सुत्केरी हुने गर्थे ।

ब्यथाले निक्कै च्यापे हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौं लग्ने गरिन्थ्यो।अध्यक्ष तामाङले अब बर्थिङ्ग सेन्टरको स्थापनाले यो समस्याबाट लिमीका महिलाहरुले मुक्ति पाउने छन् । पहिलो पटक लिमीका तीन गाउँलाई समेट्ने गरि यो काम भएको हो ।

स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीका अनुसार भवन गाउँपालिका, छाया नेपाल र स्थानीय जनताको जनसहभागितामा ७१ लाख पचास हजार लागत साझेदारीमा निर्माण भइ सञ्चालनमा आएको हो ।

बर्थिङ्ग सेन्टरमा तातोपानीका लागि सोलार पनि जडान गरिएको छ । जसवाट सुत्केरी भएकी महिला तथा नानीले तातो पानीबाट नुहाउन पाउने छन् । भवन मै शौचालय पनि निर्माण गरिएको छ ।

गर्भवती महिलाको गर्भ जाँच गर्नका लागि अल्ट्रा साउण्ड मेशिन पनि जडान गरिएको छ । भवनमा बर्थिङ्ग सेन्टरका साथै अन्य बिरामीका लागि उपचार गर्न सामुदायिक स्वास्थ्य संस्थाको लागि पनि कोठा निर्माण गरिएको छ ।

एक वर्ष अगाडीसम्म लिमीमा स्वास्थ्यकर्मी वर्षको एक पटक अनुगमनका लागि जाने जस्तो गरी पुग्ने भएपनि यस वर्षबाट भने तीनजना स्वास्थ्यकर्मीहरुबाट गाउँमै पुगेर उपचार दिन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका सांसद र स्वकीय सचिवलाई चाडपर्व खर्चमै करिब २९ लाख

२०७७ आश्विन २९, बिहीबार २०:१३
सुर्खेत, ३० असोज । कर्णाली प्रदेशका सांसद र उनीहरूका स्वकीय सचिवलाई कर्णाली प्रदेशसभा सचिवालयले चाडपर्व खर्च भन्दै ठूलो रकम दिएको छ । कर्णाली प्रदेशसभा सचिवालयले सभामुखलाई ५३ हजार, उपसभामुख र विपक्षी दलका नेतालाई ५०÷५० हजार, सत्तापक्षका प्रमुख सचेतक, सचेतक, प्रतिपक्ष दलका सचेतक र संसदीय समितिका सभापतिलाई ४८÷४८ हजारका दरले रकम […]