एम्नेस्टीको संयोजकमा खड्का

उज्यालोरैबार   ।   २०७७ कार्तिक १, शनिबार १९:२३

कार्तिक १, सुर्खेत । मानवअधिकारको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलको लयर्स समूह ६९, सुर्खेतको संयोजकमा कविता खड्का चयन भएकी छन् । शनिवार सम्पन्न संस्थाको २७ औं वार्षिक साधारण सभाले यस अघि उपसंयोजक रहेकी खड्काको नेतृत्वमा ९ सदस्यीय कार्यसमितिलाई निर्विरोध चयन गरेको हो ।

निर्विरोध चयन हुनेमा दुर्गाप्रसाद शर्मा उपसंयोजक, ध्रुवबहादुर सिंह सचिव, सागर खड्का सह–सचिव र गिता बम कोषाध्यक्ष रहनुभएको छ । त्यस्तै सदस्यहरुमा जगतदल जनाला वि.क., दिपक बुढा, विवेक खनाल र सृजना जि.सी. निर्विरोध चयन भएकोे संस्थाका निवर्तमान संयोजक हरिलाल खड्काले जानकारी दिए ।

वार्षिक साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय महासचिव कर्ण कुँवरले एम्नेस्टी एक अभियानमूलक संस्था भएकाले मानव अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय स्तरमा पनि समूहहरुको भूमिका महत्वपूर्ण हुने हुँदा सबैलाई मानव अधिकारको अभियानमा सक्रियताका साथ संलग्न हुन अनुरोध गरे ।


त्यस्तै एम्नेस्टी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य गोविन्द वाग्लेले अहिलेको कोरोना महामारीको समयमा मानव अधिकार हननका घटनाहरु बढ्दै गएको बताउँदै यस्तो विसम परिस्थितिमा काम गर्न केही असहज हुने भएपनि त्यसका बाबजुद पनि एम्नेस्टीका अभियान्ताहरु सक्रिय रहनुपर्नेमा जोड दिए ।

एम्नेस्टी इन्टरनेसनल नेपाल, लयर्स समूह ६९, सुर्खेतका संयोजक हरिलाल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समूहका पूर्व संयोजक देवेन्द्रकुमार सेजुवाल, समूह २ का संयोजक भरत पन्त, काँक्रेविहार युथ नेटवर्कका संयोजक महेन्द्र विक्रम खड्का लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिव मन्दिरमा अर्धनारेश्वरको मुर्ति स्थापना

२०७७ कार्तिक १, शनिबार १९:२३
सुर्खेत ,कार्तिक १। सुर्खेतकै प्रशिद्ध धार्मिक स्थल लाटीकोईलीको शिव मन्दिरमा अर्धनारेश्वरको मुर्ति स्थापना गरिएको छ । घटस्थापनाको अवसर पारेर वीरेन्द्रनगरको ९ नम्बर वडामा रहेको शिव मन्दिरमा शनिबार अर्धनारेश्वरको मुर्ति स्थापना गरिएको हो । धार्मिक पर्यटनको विकासका निम्ति लगाइएको महाँपुराणबाट संकलित रकमले अर्धनारेश्वरको मुर्ति निर्माण गरिएको छ । प्राचिनकालमा एउटै ढुंगाबाट […]

सम्बन्धित समाचार