शिव मन्दिरमा अर्धनारेश्वरको मुर्ति स्थापना

उज्यालोरैबार   ।   २०७७ कार्तिक १, शनिबार १९:३१

सुर्खेत ,कार्तिक १। सुर्खेतकै प्रशिद्ध धार्मिक स्थल लाटीकोईलीको शिव मन्दिरमा अर्धनारेश्वरको मुर्ति स्थापना गरिएको छ ।

घटस्थापनाको अवसर पारेर वीरेन्द्रनगरको ९ नम्बर वडामा रहेको शिव मन्दिरमा शनिबार अर्धनारेश्वरको मुर्ति स्थापना गरिएको हो ।

धार्मिक पर्यटनको विकासका निम्ति लगाइएको महाँपुराणबाट संकलित रकमले अर्धनारेश्वरको मुर्ति निर्माण गरिएको छ ।

प्राचिनकालमा एउटै ढुंगाबाट बनेको शीवको यस मन्दिरलाई विश्व सामु चिनाउनका निम्ति आधा शिव र आधा पार्वतीको २१ फिटको मुर्ति र ३० फिट अग्लो मुर्ति राख्ने ठाँउ गरि ५१ फिटमा राखिएको वीरेन्द्रनगर ९ वडाका वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए ।

किम्बदन्तीका अनुसार ४ सय वर्ष पुरानो शिव मन्दिरमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरु आउदा बोल्ने र सुन्ने भएर जाने विश्वास छ ।

शिव भूमि भन्न मिल्ने लाटिकोइली क्षेत्रमा शिव मन्दिर, काँक्रेबिहार, अधेरी गुफा जस्ता स्थानले समग्र वीरेन्द्रनगरको धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित गराएको वडाध्यक्ष मानन्धरको भनाई छ ।

शिव मन्दिरको विकास लागि प्रदेश तथा केन्द्र सरकार र वीरेन्द्रनगर नगरपालिकामा अनुरोध गरिएको मानन्धरले जानकारी दिए ।

मुर्ति एउटै ढुगांबाट निर्माण भएको नेपालकै एकमात्र अग्लो अर्धनागेश्वरको मुर्ति भएको दावी अध्यक्ष मानन्धरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबार थप ११० जनामा कोरोना पुष्टि, एकको मृत्यु

२०७७ कार्तिक १, शनिबार १९:३१
  कार्तिक, १ असोज । कर्णाली प्रदेशमा शनिबार थप एकसय १० जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कर्णालीमा संक्रमितको कुल संख्या पाँच हजार ३५ पुगेको छ । प्रदेश अस्पताल, पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ७५, दैलेखमा २१, कर्णाली प्रतिष्ठान जुम्लामा १३ र चौरजहारीमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि […]