सुर्खेतमा कोरोनासँगै डेङ्गीका बिरामी बढे

उज्यालोरैबार   ।   २०७७ कार्तिक ३, सोमबार १९:२६

सुर्खेत, ३ कात्तिक । सुर्खेतमा कोरोना महामारीसँगै लामखुट्टेबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिन थालेका छन् । चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा सुर्खेतमा डेङ्गी रोगका १ सय २ जना बिरामी भेटिएका छन् ।

सुर्खेतमा भेटिएका डेङ्गीका बिरामीमध्ये सबैभन्दा बढी बजार क्षेत्रका रहेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनीधि वाग्लेले जानकारी दिए । ‘सुर्खेतमा भेटिएका डेङ्गी रोगमा १ सय २ जना बिरामीमध्ये वीरेन्द्रनगरका ९० जना रहेका छन्,’ उनले भने, ‘त्यो पनि वीरेन्द्रनगरको बजार क्षेत्र रहेको वडा नं. ६ का मात्र ३४ जना छन् ।’

गत आर्थिक वर्षमा सुर्खेतमा १ सय ३३ जनामा डेङ्गीका बिरामी भेटिएका थिए । तीमध्ये ९९ जना बिरामी वीरेन्द्रनगर बजार क्षेत्रका रहेको प्रमुख वाग्लेले जानकारी दिए ।

सुर्खेतमा लामखुट्टे लगायतका अन्य किटाणुबाट सर्ने रोगका लागि उर्वरभूमि रहेको वाग्लेले बताए । ‘प्रयोगशालाको परीक्षणबाट सुर्खेत किटजन्य रोगका लागि उर्वरभूमि हो,’ उनले भने, ‘कालाजार, औँलो र डेङ्गी रोगका बिरामी धेरै रहेका छन् ।’

डेङ्गी रोग नियन्त्रणका लागि स्थानीय टोल विकास, समिति महिला स्वंयमसेविका, स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर समुदायस्तरमा लामखुट्टेका लार्भा मार्ने अभियान थालिएको प्रमुख वाग्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निरन्तर आन्दोलनमा सुर्खेतका शिक्षक

२०७७ कार्तिक ३, सोमबार १९:२६
सुर्खेत । निजी तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी युनियनले शिक्षकहरुलाई बन्दाबन्दी अवधिभरको तलब सेवा सुविधा यहि कार्तिक मसान्तसम्म भुक्तानी गरिनुपर्ने भन्दै निरन्तर आन्दोलनमा उत्रिएका छन् । कोरोना भाइरसका कारण निजी विद्यालयहरुबाट रोजगारदातबाट भएको श्रम शोषणको न्यायका लागि निरन्तर आफुहरु संघर्ष गर्दै आएको निजी तथा संस्थागत विद्यालय शिक्षक÷ कर्मचारी युनियन सुर्खेतका […]