कोरोनाबाट पूर्वसभामुख महराकी धर्मपत्नी सीताको निधन

उज्यालो रैबार   ।   २०७७ कार्तिक १९, बुधबार ०८:५२

काठमाण्डाै – पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधन भएको छ ।

दशैँमा पुर्ख्याैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई गएको १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि १४ गते हेलिकोप्टरबाट काठमाण्डौ ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान उहाँको निधन भएको अस्पतालले पुष्टि गरेको छ । उहाँ १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्थ्यो । सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मनुएको हो । महरासँग उहाँको २०३५ सालमा विवाह भएको थियो । उहाँका दुई छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुण्य गौतम पक्राउ

२०७७ कार्तिक १९, बुधबार ०८:५२
युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेका हुन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो […]