नेपाल विद्युत प्राधिकरणको विशेष योजना-तिहारमा भारतबाट मागेर भएनी लोडसेडिङ नगर्ने

उज्यालो रैबार   ।   २०७७ कार्तिक २६, बुधबार ०८:१३

काठमाडौं । बर्षभरीमा सबैभन्दा बढी विद्युत माग नेपाली चाड तिहार अन्तर्गत लक्ष्मीपूजामा हुने गरेको छ ।

कुनै कुनै बाहेक अधिकांश बर्ष सबैभन्दा उच्च माग हुने तिहारको लक्ष्मीपूजाको दिन विद्युत ब्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण हुने गरेको छ ।

आउँदो लक्ष्मीपूजाका लागि भने नेपाल विद्युत प्राधिकरणले विशेष योजना बनाएको छ ।
तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन लोडसेडिङ नहोस भनेर विशेष योजना बनाएको प्राधिकरणले जनाएको छ ।

चारबर्ष अघिका अधिकांश लक्ष्मीपूजाका दिन लोडसेडिङ हुने भएपनि प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिनदेखि अनपेक्षित रुपमा लोडसेडिङ अन्त्य गराएका थिए ।

विद्युत प्राधिकरण आउँदो लक्ष्मीपूजाका लागि समेत झिलिमिली कायम राख्ने गरी तयारी अगाडी बढाएको छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आन्तरिक उत्पादन र भारतबाट आयत गरेर लक्ष्मीपूजाका लागि विशेष योजना बनाएको बताउँछन् ।कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सातजना जुवाडे पक्राउ

२०७७ कार्तिक २६, बुधबार ०८:१३
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३, स्थित ऐरिचोक नजिकै एक होटलमा जुवातास लेखिरहेका सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ एक लाख तीन हजार पाँच सय ३५ रूपैयाँसहित उनीहरूलाई शक्तिराम रोकायले सञ्चालन गरेको तीनलोने होटेलबाट प्रहरीले पक्राउ गरेको हो। वीरेन्द्रनगर नगरपालिका–३, बस्ने ४२ वर्षीय चक्र शाही, ४० वर्षीय जीवन शाही, ३० […]