रौतहटमा १८ वर्षीया युवतीको गोली हानी हत्या

उज्यालो रैबार   ।   २०७७ कार्तिक २७, बिहीबार १२:०७

रौतहटमा बुधबार राति १८ वर्षीया युवतीको गोली हानी हत्या गरिएको छ । माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई अज्ञात समूहले गोली हानेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान नभएको प्रहरीले बताएको छ ।

परिवारले प्रहरीलाई जनाएअनुसार अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौका छोपी करिब ११ बजे हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो । गोली लागेर ढलेकी अमृताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताए । हत्यामा संलग्नको खोजी भइरहेको छ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ,उनले भने हत्यारा चाँडै पक्राउ पर्छन् । त्यसपछि कारण पत्ता लाग्छ ।

सर्लाहीको मधुवनगोठका रुपेश साहसित २०७६ फागुनमा अमृताको बिहे भएको थियो । बिहेको केही समयपछि दुवैबीच सम्बन्ध राम्रो थिएन । यहीबीच अमृताका श्रीमान् रुपेशलाई अज्ञात समूहले गत वैशाखमा चक्कु प्रहार गरेर घाइते बनाएको थियो । सम्बन्ध राम्रो हुन नसकेपछि दुवैबीच गएको असारमा सम्बन्ध विच्छेद भयो ।

सम्बन्ध विच्छेदपछि अमृता लौकाहास्थित माइतीमै बस्दै आएको उनका काका नेवालाल साहले जनाए । ‘हत्या किन र कसले गर्‍यो भन्ने हामी अन्योलमा परेका छौं, उनले भने । डीएसपी श्रेठका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । प्रहरीले शंकास्पद स्थानमा सर्च पनि गरेको छ, उनले भने, हत्यामा संलग्न समूह चाँडै पत्ता लगाउँछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केसीको सम्पुर्ण उपचार खर्च सरकारले बेहोर्ने

२०७७ कार्तिक २७, बिहीबार १२:०७
काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो । केसीको […]