कोरोना लाग्दा पनि सेवा गर्न छोडेनन् विष्टले !

उज्यालोरैबार   ।   २०७७ कार्तिक २७, बिहीबार १८:४४

सुर्खेत, २७ कार्तिक । ललितपुरको गोदावरी नगरपालिका– ९ छम्पी स्थायी घर भएका समाजसेवी तथा सामाजिक अभियान्ता शैलेन्द्र बिष्टको पहलमा ललितपुरको गोदावरी नगरपालिकाका ६ वटा विद्यालयमा अध्यनरत ६४६ जनालाई झोला र स्टेस्नरी वितरण गरिएको छ ।

जनभावना क्याम्पस ललितपुरका पूर्व विद्यार्थी संघका अध्यक्ष तथा स्याफ्रन नेपाल सुर्खेतका प्रमुख समेत रहेका विष्टले आफु कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा रहे पनि समाजसेवामा निरन्तर लागि परेका छन् ।

उनले कोरोना महामारीमा पनि कर्णाली लगायत देशका विभिन्न ठाउँमा सहयोग गर्दै आएका छन् ।

वडा नम्बर ८ स्थित चण्डिदेवी आधारभूत विद्यालयका १९२ जना,वडा नम्बर– ७ स्थित ज्वालादेवि आधारभुत विद्यालयका ३९ जना, श्री देवी माध्यामिक विद्यालय देवीचौरका १९५ जना, दुधेश्वरी दुर्गा आधारभूत विद्यालयका २९ जना, छोटिडाँडा आधारभूत विद्यालयका ४५ जना र श्री भिमसेन आदर्श माध्यामिक विधालयका १४६ जनासहित ६४६ विद्यार्थीलाई सहयोग गरिएको हो ।

चाईना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज काठमाण्डौंको सहयोगमा स्कुल झोला र स्टेश्नरीहरु (कापी, कलम, जोमेट्री बक्स, रङ्ग) वितरण गरिएको विष्टले जानकारी दिए ।

साथै यो कार्यमा सहयोग गर्ने वडा नम्बर –७ का वडा अध्यक्ष गिरीजाप्रसाद तिमिल्सेना र ८ का अध्यक्ष सुकराम लामालाई समाजसेवी विष्टले धन्यवाद समेत दिएका छन् । उक्त कार्यक्रमका लागि राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका सुरेश प्याकुरेलको विशेष भुमिका रहेको थियो ।

उक्त कार्यक्रममा, चाईना फाण्डेसनका नुजा महर्जन, राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाजका  संयोजक गौरी दाहाल वडा नम्बर ९ का युवा नेता सरोज बिष्ट, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक र वडाका प्रतिनिधीको उपस्थितिमा सामाग्रीहरु वितरण गरिएको छ ।

2 thoughts on “कोरोना लाग्दा पनि सेवा गर्न छोडेनन् विष्टले !

Leave a Reply to SAILENDRA BISTA Cancel reply

Your email address will not be published. Required fields are marked *

Next Post

दसैंतिहारमा रारा घुम्ने बढे

२०७७ कार्तिक २७, बिहीबार १८:४४
सुर्खेत,२७ कार्तिक । कोरोनाका कारणले सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको संख्या बढेको छ । दसैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको संख्या बढेको हो । कोरोना कारणले सुनसान रहेको रारामा दसैँतिहारको बीचमा आन्तरिक पर्यटकको संख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले […]