काठमाडौँ — डा. गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ । केही लक्षण देखिएपछि डा. केसीको बिहीबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।
उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको साेलिडारिटी फर डाक्टर गाेविन्द केसीले जनाएकाे छ । उनकाे श्वासप्रश्वासमा समेत समस्या देखिएको छ।
डा केसी अहिले शिक्षण अस्पताल महारजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भएका छन् । उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।