एक वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अध्यक्ष ज्ञवालीको प्रतिवद्धता

उज्यालोरैबार   ।   २०७७ मंसिर ७, आईतवार १०:४४

नन्दु खनाल

चौकुने ।भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले १ वर्षभत्र सुर्खेतको भूमि सम्बन्धी समपुर्ण समस्या समाधान गर्ने बताएका छन् । शनिबार सुर्खेतको चौकुने गाउँपालिकामा भएको अनुशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘आगामी एक वर्षभित्र कर्णालीको सबै भूमिसम्बन्धी समस्या समाधान गर्नेगरी हामीले काम अगाडि बढाएका छौं,’ अध्यक्ष ज्ञवालीले भने, ‘अब कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई प्रक्रिया मिलाएर जग्गाधनीलाई लालपुर्जा वितरण गरिने छ ।’

राजनाीतिक अस्थिरताका कारण ७० वर्षपछि भूमि सम्बन्धी सबै समस्याहरु समाधान हुनेगरी ऐन, कानुन बनेकाले आगामी ३ वर्षभित्र देशभरिका भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगले तयारी गरेको उनको दावी छ ।

सुरुमा आयोगले परीक्षणका लागि देशभरका १४ वटा स्थानीय तहमा काम गर्न लागेको बताउँदै कर्णाली प्रदेशमा सुर्खेतका २ वटा स्थानीय तह गुर्भाकोट नगरपालिका र चौकुने गाउँपालिकामा आयोगले काम सुरु गर्न लागेको जनाए ।

कार्यक्रममा नेपाल सरकारका सहसचिव एवं आयोगका सदस्य सचिव लीलाप्रसाद शर्माले भूमिसम्बन्धी समस्या समाधानहरुको बारेमा नागरिकलाई प्रष्ट्याएका थिए ।

यस्तै नेकपा सुर्खेतका कार्यालय सदस्य मोहनसिं बडुवालले चौकुने गाउँपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउने गरी आयोगले काम अगाडि बढाउन लागेकोले समयमै लागत संकलन गरी लालपुर्जा वितरण कार्यमा सहभागी हुन अनुरोध गरे ।

गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आगामी आर्थिक वर्षभित्र चौकुनेका बासिन्दाको हातहातमा लालपुर्जा पुर्‍याउने गरी गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

तीन महिनाभित्र लागत संकलन गरेर सक्नेगरी कर्मचारी व्यवस्थापन गर्ने र आफुहरु १८ घण्टा खट्न तयार रहेको प्रतिबद्धता अध्यक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुल्लुमा काल भैरव कृषि फर्मको उद्वघाटन

२०७७ मंसिर ७, आईतवार १०:४४
सुर्खेत,९ मंसिर । दैलेख जिल्लाको दुल्लु नगरपालिका ११ मा काल भैरब कृषि फर्म संचालनमा आएको छ । नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले उक्त फर्मको उद्घघाटन गरेका छन् । फर्मको उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले दुल्लु नगरपालिका को कृषि जन्य बस्तुहरुलाई अब नेपालभरी नै विस्तार गर्नको लागि नगरपालिकाले गुरु योजना बनाइरहेको […]

सम्बन्धित समाचार