न्याय सेवा प्रदायक निकायबीच समन्वयात्मक बैठक

उज्यालो रैबार   ।   २०७७ मंसिर १७, बुधबार १९:४३

सुर्खेत,१७ मङ्सिर । न्याय सेवा प्रदायक निकायबीच जिल्ला स्तरीय समन्वयात्मक बैठक बुधबार वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।

संस्थागत सुधार मार्फत न्यायमा पहुँ परियोजनाको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक नेपाल) दैलेखको आयोजनामा सुर्खेत स्थित न्यायिक समिति, कानुन व्यवसायी, सरकारी वकिल, महिला अधिकारकर्मी नागरिक समाजसँग छलफल गरिएको छ ।

स्थानीय तहमा बढीजसो जग्गा विवाद, घरझगडा जस्ता मुद्दाहरु ठाडो उजुरीका आधारमा आउने गरेको वीरेन्द्रनगरकी उप–प्रमख मोहनमायाँ ढकालले बताइन् ।

जिल्ला अदालत सुर्खेतका वैतनिक वकिल वीरेन्द्र थापाले नागरिकहरुले अझैपनि ऐन कानुनको जानकारी नपाउँदा विभिन्न घटनाहरु हुने गरेको बताए ।

यस्तै उच्च बार सुर्खेतका अध्यक्ष उत्तम आचार्यले न्याय सम्पादनमा सक्षम व्यक्तिहरुको खाँचो पर्नेमा जोड दिए ।

पछिल्लो समय बलात्कारका घटनामा होयस्टाइल हुने गरेकोले यसमा न्यायिक निकाय चनाखो हुनुपर्ने आवाज संस्थाकी निसा पौडेलले सुझाव दिइन् ।

बैठकमा न्याययिक समितिका काम कर्तव्य अधिकार र भोगेका कठिनाईका विषयमा समेत छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न चार सवालमा छलफल

२०७७ मंसिर १७, बुधबार १९:४३
सुर्खेत,१७ मङ्सिर । शिक्षा, स्वास्थ्य, खाद्य र अवास अधिकारको सवालमा प्रदेश सरकार व्यवस्थापिकाको भसमिका विषयक गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा गरिएको गोष्ठीमा कोरोना महामारी विद्यालयको अवस्था, बालबालिकामा परेको असर, स्वास्थ्य सेवाको प्रभावकारीता, कोरोना महामारीमा खाद्यान्नको अवस्था र पहुँच, मानव अधिकारको अवस्था र सिमात्कृत समुदायलाई परेका […]