लैङ्गिक हिंसा अन्त्य गर्न दिप प्रज्वलन

उज्यालोरैबार   ।   २०७७ मंसिर २५, बिहीबार २०:५५

सुर्खेत, २५ मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहीबार भेरीगंगा ११ रामघाटमा दिप प्रज्वलन कार्यक्रम समापन गरिएको छ ।

लैङ्गिक हिंसा अन्त्य गर्न दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

रामघाट स्थानीय सभाको आयोजनामा गरिएको कार्यक्रममा महिला शिक्षा तथा अर्थिक विकास समाजका अध्यक्ष मिना शाहीले समाजमा हुने गरेका लैङ्गिक हिंसाका घटनाहरुको जानकारी दिँदै यस्ता घटनाहरु न्यूनिकरणमा सबैले सहयोग गर्न अनुरोध गरिन् ।

वडा नम्बर –१ का वडा अध्यक्ष नवराज कार्कीले जनचेतनाका कमीले गाउँघरमा लैङ्गिक हिंसाका घटना बढ्दै गरेको बताए ।

रामघाट स्थानीय सभाकी संयोजक चन्द्रा शर्मा, हरियाली टोल विकास समुह छिन्चुकी अध्यक्ष गिता कुँवेर लगायतले सोच परिवर्तन नभएसम्म लैङ्गिक हिंसा अन्त्य नहुनेमा जोड दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाबियाचौरमा सुविधा सम्पन्न होटेल सञ्चालन हुँदै

२०७७ मंसिर २५, बिहीबार २०:५५
सुर्खेत,२८ मङ्सिर । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका ६ बाबियाचौरमा सुविधा सम्पन्न होटेल सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि तीन करोड रुपैयाँको लागतमा होटेल डेभिड प्रालि सञ्चालनमा ल्याउन थालिएको होटेलका निर्देशक जीवन ढुंगानाले जानकारी दिए । यसअघि सरकारी तथा गैरसरकारी संघ संस्थाले सञ्चालन गर्ने विभिन्न […]