दृष्टि विहिनको अवस्था र सवालहरुको विषयमा अभिमूखिकरण

उज्यालोरैबार   ।   २०७७ पुष १२, आईतवार २०:१०

सुर्खेत,१२ पुष । दृष्टि विहिन नागरिकहरुको अवस्था र सवालहरुको विषयमा वीरेन्द्रनगरका जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमूखिकरण गरिएको छ ।

नेपाल नेत्रहीन संघ एनएबिडिएबी परियोजनाको आयोजनामा वीरेन्द्रनगरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरु ल्गायत करिब ६० जना भन्दा बढी सहभागीहरुलाई नेपाल नेत्रहीन संघका केन्द्रिय सचिवालय सदस्य खोमराज शर्माले अभिमूखिकरण दिएको एनएबिडिएबी सुर्खेत परियोजनाका संयोजक रविन्द्र कुमार चन्दले जानकारी दिए ।

संयोजक चन्दका अनुसार परियोजनाले गमनसिलता, दैनिक हिंड्ने टेक्निक, इक्ससाइज, स्किीटा, सेतो छडी वितरण र यसको प्रयोग सम्बन्धि तालिम दिँदै आएको छ ।

यस्तै दृष्टि विहिनहरुको आर्थिकस्तर उकास्नका लागि बिउ पुजी कार्यक्रम, अनुदान लगायतका कुरामा सहयोग गर्दै आएको छ ।

अभिमुखिकरण कार्यक्रममा दृष्टि विहिनहरुको सवालमा आफुहरु पुर्णरुपमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीले प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसरी रहेको थियो कौण्डिन्य गोत्री

२०७७ पुष १२, आईतवार २०:१०
जुम्लामा बसोवास गर्न पुगेका कौण्डिन्य गोत्रीय आचार्यहरूको उद्मग स्थलको खोजी गर्दा । दुई दाजु भाई सच्चिदाननदोपाध्याय र सदानन्दोपाध्याय शुद्ध क्षत्रीय वंशका राजाले रक्षा गरिएको ठाउँको खोजी गदै कुमाउ गढवाल हुँदै नेपाल तिर चढेका थिए ।त्यस बेला दिल्लीका राजाले ससाना राज्यहरूलाई आफ्नो नियन्त्रणमा राखेर शासन गरिराखेका थिए भने जुम्लामा जुम्लाका राजा […]