सिद्धार्थको वार्षिक साधारण सभा सम्पन्न

उज्यालोरैबार   ।   २०७७ पुष १९, आईतवार २०:१२

सुर्खेत,१९ पुष । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–६ को १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

कोरोनाले थलिएको संस्थालाई योजनाबद्ध रुपमा माथी उकास्ने अध्यक्ष टोप बहादुर टंलामीले बताए । अध्यक्ष टंलामीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतबस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नुपर्ने बताए ।

उनले सहकारीहरुले अब ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नुपर्ने आवश्यकता रहेको पनि विचार पनि व्यक्त गरे ।
सभामा संस्थाका सचिव डिल बहादुर पुलामी मगरले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्ष २०७५– ०७६ मा दुई अर्बको कारोबार गरेको संस्थाले आर्थिक वर्ष २०७६–०७७ मा एक अर्ब ७६ करोडको कारोबार गरेको छ ।

कोरोना महामारीका कारण संस्थाको आर्थिक कारोबारमा १४ दशमलव ८७ प्रतिशतले कारोबारमा कमी आएको संस्थाले जनाएको छ ।
कोषाध्यक्ष धन बहादुर सलामी मगरका अनुसार शेयर सदस्यहरुको माग अनुसार जिल्लाका गुर्भाकोट, बराहताल, वीरेन्द्रनगर लगायतका विभिनन ठाउँहरुमा संस्थाले शाखा विस्तार गरेको छ ।

संस्थाले आगामी दिनहरुमा सदस्यता वृद्धि, बहुउद्देश्यीयमूलक व्यवसाय, दिगो कृषि पशुपालन, पर्यटनका सम्भाव्यता अध्ययन, व्यवसायी समुह गठन लगायतका कार्यक्रमहरु गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली उत्सवको दोस्रो संस्करण हुने

२०७७ पुष १९, आईतवार २०:१२
सुर्खेत,१९ पुस । कर्णाली उत्सवको दोस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । सुर्खेत स्थित ऋति फाउण्डेशनको अगुवाइमा ‘कुडा कर्णालीका’ भन्ने मुल नाराका साथ विभिन्न व्यक्तिहरु, सरकारी तथा गैरसरकारी निकायहरुसंगको सहकार्यमा कर्णाली उत्सव संचालन हुन लागेको आयोजकले जानकारी दिएको छ । उत्सव २०७६ सालदेखि सुर्खेतमा सञ्चालन हुँदै आएको थियो । […]

सम्बन्धित समाचार