दलित विद्यार्थीलाई कम्पयुटर तालिम

उज्यालोरैबार   ।   २०७७ पुष २०, सोमबार १५:१९

सुर्खेत,२० पुष । नगरपालिकाको वडा नम्बर ६ ले आर्थिक वर्ष २०७७ – ०७८ को दलित नेतृत्व क्षमता विकास कार्यक्रम अन्तर्गत एसईईमा पास भएका दलित समुदायका विद्यार्थीहरुलाई तीन महिने कम्पयुटर सम्बन्धि तालिम दिने भएको छ ।

आधुनिक युगमा कम्प्युटरको महत्व बढ्दै गएकाले दलित समुदाय पनि अवसरबाट वञ्चित नहुन भन्ने उद्देश्य सँगै बालबालिकाले तालिम पश्चात् रोजगारी पाउनमा सहजता होस भनेर यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष खड्क थापाले जानकारी दिए ।

दलित समुदायका विद्यार्थीहरु जो पढाईबाट बञ्चित छन् उनीहरुलाई थप सहज हुने वडा सदस्य अनिता विकले बताइन् ।
पढ्न नपाएका, सिप सिक्न चाहेका विद्यार्थीलाई वडाबाट सिफारिस गरेर कन्सल्टेन्सीमा पठाउने अर्की वडा सदस्य रुक्मी देवकोटाले बताइन् ।
विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा जागिर खान जाँदा कम्प्युटर नसिकेकै कारण दलित सकमुदायका युवाहरु अवसरबाट बञ्चित हुने गरेको अर्का वडा सदस्य देवी सार्कीको भनाई छ ।

५० हजार रुपैयाँको लागतमा स्थानीय बाबियाचौर कन्सल्टेन्सीसँग वडाले सम्झौता गरी मंगलबारबाट एक दर्जन बढी दलित समुदायका विद्यार्थीहरुले कम्प्युटरको बेसिक तालिम लिने भएका छन् ।

व्डा नम्बर ६ ले महिला, दलित, बालबालिका, आपाङ्ग, विपन्न, जेष्ठ नागरिक र सिमान्तकृत समुदायका लागि विभिन्न सिपमुलक, सचेतनामुलक तथा आयआर्जनका कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साइनिङ अस्पतालद्धारा लेखा परीक्षण

२०७७ पुष २०, सोमबार १५:१९
सुर्खेत,२१ पुष । साइनिङ अस्पताल, आईएनएफ नेपाल सुर्खेतले स्वास्थ्य सेवाको सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको संस्थाले मंगलबार सार्वजनिक लेखा परीक्षण गर्दै गत वर्षदेखि हालसम्म १० हजार तीन सय ५८ जनालाई सेवा दिएको अस्पतालका व्यवस्थापक मङ्गल […]