साइनिङ अस्पतालद्धारा लेखा परीक्षण

उज्यालोरैबार   ।   २०७७ पुष २१, मंगलवार १९:२९

सुर्खेत,२१ पुष । साइनिङ अस्पताल, आईएनएफ नेपाल सुर्खेतले स्वास्थ्य सेवाको सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको संस्थाले मंगलबार सार्वजनिक लेखा परीक्षण गर्दै गत वर्षदेखि हालसम्म १० हजार तीन सय ५८ जनालाई सेवा दिएको अस्पतालका व्यवस्थापक मङ्गल थारूले जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको व्यवस्थापक थारूले बताए ।
संस्थाले छाला, कुष्ठ रोग, प्यारालाइसिस्, स्पाइनल कर्ड सम्बन्धिका बिरामीहरुलाई उपचार र थप सहयोग गर्दे आएको अस्पतालले जनाएको छ ।
कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन सुर्खेत लगायत कर्णालीका विभिन्न स्थानहरूमा घुम्ती शिविर जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका सेवाग्राही, वीरेन्द्रनगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख, वडा नम्बर ७ का वडा अध्यक्षले अस्पतालले हालसम्म दिएको सेवा प्रभावकारी रहेको भन्दै सबै सेवा दिनका लागि आवश्यक पुर्वाधारको व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका छन् ।

कोरोना महामारीका कारण यस वर्ष रोग जाँच गर्ने बिरामीको संख्या ह्वात्तै घटेको बताउँदै अस्पताका सेवालाई चुस्त दुरुस्त बनाउनका लागि अस्पताल टीम लागि पर्ने व्यवस्थापक थारुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालबालिकालाई न्यानो कपडा

२०७७ पुष २१, मंगलवार १९:२९
सुर्खेत,२२ पुष । सुर्खेतका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका दुई सय ७२ जना बालबालिकालाई न्यानो कपडा सुइटर वितरण गरिएको हो । वीरेन्द्रनगर नगरपालिका–१ स्थित सरस्वती आधारभुत विद्यालय बांगेसिमलका एक सय ३० जना र नेपाल राष्ट्रिय आधारभुत विद्यालय धारापानीमा अध्ययनरत एक सय ४२ जना बालबालिकाहरुलाई सुइटर […]