बालबालिकालाई न्यानो कपडा

उज्यालोरैबार   ।   २०७७ पुष २२, बुधबार १८:२२

सुर्खेत,२२ पुष । सुर्खेतका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका दुई सय ७२ जना बालबालिकालाई न्यानो कपडा सुइटर वितरण गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१ स्थित सरस्वती आधारभुत विद्यालय बांगेसिमलका एक सय ३० जना र नेपाल राष्ट्रिय आधारभुत विद्यालय धारापानीमा अध्ययनरत एक सय ४२ जना बालबालिकाहरुलाई सुइटर प्रदान गरिएको हो । अभियान्ता रचना सुनारको अग्रसरतामा बालबालिकाहरुलाई सुइटर वितरण गरिएको हो । अभियान्ता सुनारले आफ्नो जन्मदिनको अबसर पारेर बालबालिकाहरुलाई सहयोग गरेकी हुन् ।

दुई साता अघि मात्रै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित भएकी अभियान्ता सुनारले ‘गो फन्ड मी’ मार्फत जुटेको आर्थिक सहयोग र राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट प्राप्त रकमबाट बालबालिकालाई सहयोग गरेकी हुन् । चिसो बढ्दै गएको र कतिपय बालबालिका विद्यालय पोषाक समेत किन्न नसक्ने अवस्थालाई मध्यजनर गर्दै सुईटर वितरण गरेको अभियान्ता सुनारले बताइन् ।

सरस्वती आधारभुत विद्यालयबाट आधारभुत तहको शिक्षा लिएकी अभियान्ता सुनारले भनिन ‘मैले आधारभुत शिक्षा लिएको विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई सानो भएपनि सहयोग गरेको हुँ ।’ रचना विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपालको अध्यक्ष हुन् ।

बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरको आयोजनामा दुई वटै विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सुइटर वितरण गरिएको हो । बालबालिकालाई सुइटर वितरणपछि नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ढुंगानाले चिसोको समयमा बालबालिकालाई सुईटर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

विद्यालयमा अध्ययनरत कतिपय बालबालिका विद्यालय पोषाक समेत किन्न नसक्ने अवस्था रहेको बताउँदै प्रधानाध्यापक ढुंगानाले सुइटर वितरणसँगै बालबालिकाहरुलाई ठूलो सहयोग मिलेको बताए ।

बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरका सञ्चालक राज विश्वकर्माले आफुहरुले सञ्चालन गरिरहेको नीजि विद्यालय भएपनि बालबालिकाको विद्यालय शिक्षामा सहयोग पु¥याउन सामुदायिक विद्यालयसँग सहकार्य गर्ने बताए ।

विकास सशक्तिकरण र सचेतनाका लागि लगानी आइडिया नेपाल सुर्खेतका सचिव समेत रहेका विश्वकर्माले आगामी दिनहरुमा समेत बालबालिकाहरुलाई सहयोग गरिने बताए । बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरमा गरिब तथा अभिभावक विहिन बालबालिकाहरुलाई पूर्ण र आंशिक छात्रबृतिमा शिक्षा लिईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपाङ्गता भएका व्यक्तिका लागि क्षमता विकास तालिम

२०७७ पुष २२, बुधबार १८:२२
सुर्खेत, २९ पुस । विभिन्न किसिमकाअपाङ्गता भएका व्यक्तिहरुका लागि पाँच दिने क्षमता विकास तालिम सुरु गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सिबिएम को आयोजनामा बुधबारदेखि वीरेन्द्रनगरमा तालिम सुरु गरिएको हो । तालिममा कर्णाली प्रदेशका नेपाल सरकारले परिभाषित गरेका १० वटै प्रकारका अपाङ्गता भएका जुम्ला, मुगु, कालिकोट, सुर्खेत, दैलेख, […]