अपाङ्गता भएका व्यक्तिका लागि क्षमता विकास तालिम

उज्यालोरैबार   ।   २०७७ पुष २९, बुधबार १३:३९

सुर्खेत, २९ पुस । विभिन्न किसिमकाअपाङ्गता भएका व्यक्तिहरुका लागि पाँच दिने क्षमता विकास तालिम सुरु गरिएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सिबिएम को आयोजनामा बुधबारदेखि वीरेन्द्रनगरमा तालिम सुरु गरिएको हो ।

तालिममा कर्णाली प्रदेशका नेपाल सरकारले परिभाषित गरेका १० वटै प्रकारका अपाङ्गता भएका जुम्ला, मुगु, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लाबाट प्रतिनिधित्व रहेको छ ।

तलिमको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रराज शर्माले तालिम लिइसकेपछि यहाँका सहभागीहरुले गाउँमा अभियान्ताको काम गर्नुपर्ने सुझाव दिए ।

अध्यक्ष शर्माले अपाङ्गता भएकाहरुको अधिकारका लागि २७ वर्षसम्म लगातार लडाईं गरेपनि राज्यले उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै यो परिस्थितीमा आफुहरु सक्षम हुन जरुरी रहेको औंल्याए ।

अपाङ्गता भएका वर्गहरुका लागि सरकारसँग नीतिगत व्यवस्थापनका लागि बारम्बार छलफल गरिरहेको अध्यक्ष शर्माको भनाई छ ।
यस्तै महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णु प्रसाद शर्माले केहि गर्न र समाजमा अन्य नागरिक सरह सम्मान पाउन आफुले सकरात्मक कामको सुरुवात गर्नुपर्नेमा जोड दिए ।

पाँच दिनसम्म चल्ने तालिममा दुईवटा समुह बनाइएको छ । तालिममा सहभागीहरुलाई नेतृत्व र क्षमता विकास, संस्थागत विकास, सामाजिक विकास र सक्षमता सम्बन्धि ज्ञान सिकाइने आयोजकले जनाएको छ ।
प्रशिक्षकको रुपमा मित्रलाल शर्मा, विष्णु प्रसाद शर्मा, निर्मला धिताल, सुरेश खड्का, रेवती रमण ढकाल र बालकृष्ण गैरे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीको मुल नेतृत्वमा आउन माघव नेपालको आग्रह (भिडियो सहित)

२०७७ पुष २९, बुधबार १३:३९
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पक्षमा लागेका नेता तथा कार्यकर्ताहरुलाई आफु नेतृत्वको मुल पार्टीमा आउन आग्रह गरेका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै नेपालले केपी गुट सडकमा उडेको एउटा धुलो मात्र भएको ति कम्यूनिष्ट नभएको भन्दै आफु नेतृत्वको मुल पार्टीमा आउन आग्रह […]