सुर्खेत । कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।
Next Post
कोभिडका विरामीहरुलाई भर्ना लिन नसक्ने प्रदेश अस्पतालको सूचना प्रति काँग्रेस सुर्खेतको आपत्ति
२०७८ बैशाख ३, शुक्रबार १८:५५
सम्बन्धित समाचार
-
२०७८ असार २४, बिहीबार १२:३८
एमाले कार्यदल बैठक बस्दै, आज सहमति हुनसक्ने नेम्वाङको दाबी
-
२०८० श्रावण ४, बिहीबार ०९:४८
आज मेघ गर्जन र चट्याङसहित भारी वर्षा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा
-
२०८० असार २०, बुधबार २०:५६
प्रधानमन्त्रीको स्पष्टीकरण होइन राजीनामा चाहियो : ओली
-
२०७९ जेष्ठ ११, बुधबार २१:३९
कर्णाली राजमार्गमा बस दुर्घटना, चार जनाको मृत्यु
-
२०७८ असार १०, बिहीबार ०९:५१
जनयुद्धजनका घाइते र अपाङ्गलाई शेयर, शिक्षकलाई ल्याप्टप
-
२०७९ माघ ११, बुधबार १४:०३
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ