सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखले लिए सपथ

उज्यालो रैबार   ।   २०७९ जेष्ठ ८, आईतवार १५:४६

सुर्खेत : सुर्खेतका नौ वटै स्थानीय तहका प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित पालिका प्रमुखहरुलाई जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले सपथग्रहण गराएका हुन् ।

सपथ लिनेहरुमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल, भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसी, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द रहनुभएको छ ।

त्यस्तै, बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारी, पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारी र चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जित पक्का भएपछि बालेनले भने- घोषणापत्रमा भएका कुराहरू लागू गरेपछि विजय उत्सव मनाउँला

२०७९ जेष्ठ ८, आईतवार १५:४६
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह ९बालेन०ले निर्वाचनको परिणामलाई जितहारको रुपमा नहेर्न आग्रह गरेका छ । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले सामाजिक सञ्जालमार्फत विजय जुलुस भनेर अरूलाई पराजित गर्‍यौँ भन्ने सङ्केत नगर्न अपिल गरेका हुन् । उनले भनेका छन्– ‘जीतहारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू […]