अब इन्टरनेट नभए पनि क्यूआर भुक्तानी गर्न सकिने

उज्यालो रैबार   ।   २०७९ माघ २१, शनिबार ०८:२०

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपेले अफलाइनमा आधारित क्यूआर भुक्तानी सेवा सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले ुफोनपे अफलाइन पेमेन्टु सेवा ल्याएको हो ।

यसअन्तर्गत अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी ुफोनपे ट्यागु तथा ुकस्टमर प्रेजेन्टेडु सेवा सार्वजनिक गरिएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडभन्दा बढी भएपनि क्यूआरमार्फत हुने भुक्तानी थोरै रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले अफलाइन भुक्तानी सेवा ल्याएको जनाएको छ ।

यो सेवामार्फत इन्टरनेट नभएको अवस्थामा पनि क्यूआरमार्फत डिजिटल भुक्तानी हुने कम्पनीको भनाइ छ । यसका लागि कम्पनीले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको छ । ुफोनपे ट्यागु ९फोनपे ट्याप एन्ड गो० सेवा अन्तर्गत एनएफसी ९नियर(फिल्ड कम्युनिकेसन० डिभाइस प्रयोगकर्ता ९एन्ड्रोइड०ले क्यूआरमार्फत भुक्तानी गर्नसक्ने छन् । एनएफसी डिभाइस नभएका प्रयोगकर्ताको हकमा कम्पनीले ुकस्टमर प्रेजेन्टेड क्यूआरु सेवा ल्याएको छ, जुन प्रक्रियामा मर्चेन्टले सेवाग्राही ९एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ता०को क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने छन् । पोस मसिन लिन नसक्ने साना तथा मझौला व्यापारीका लागि यो सेवा उपयोगी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा जारी महोत्सव पुन संचालन

२०७९ माघ २१, शनिबार ०८:२०
सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारी दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ पुनः संचालन भएको छ । शनिबार राती स्टलमा चोरी भएको भन्ने व्यापारीले गुनासो गरेपछि आइतबार विहान महोत्सव स्थगित भएको थियो । व्यापारी र आयोजकबीच भएको सहमती अनुसार महोत्सव संचालन गर्ने र चोरी भएको भन्नेबारे […]

सम्बन्धित समाचार