आगलागीमा परी १६ वर्षीया बालिकाको मृत्यु

उज्यालो रैबार   ।   २०७९ माघ २४, मंगलवार ११:२१

जुम्लामा आगलागीमा परी १६ वर्षीया बन्दना भण्डारीको मृत्यु भएको छ चन्दननाथ नगरपालिका १ ठिन्केस्थित घरमा आगलागी हुँदा उनको मृत्यु भएको हो । चन्दननाथ १ का लोगबहादुर भण्डारीको घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए ।

राति १२ बजेतिर आगलागी हुँदा सुतिरहेको अवस्थामा उनको आगोले जलेर मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार आगलागीको कारणबारे भने अनुसन्धान भइरहेको छ ।

माटोको ३ तले घर जलेर पूर्ण रुपमा क्षति भएको छ भने क्षतिको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी वकिलको कार्यालयले मगायो रवि लामिछानेका नागरिकता र राहदानीसम्बन्धी

२०७९ माघ २४, मंगलवार ११:२१
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए। ‘हामीले उहाँका काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि […]